जनसम्पर्क समिति स्पेनद्वारा कार्यसमिति विस्तार 


बार्सिलोना। नेपाली जनसम्पर्क समिति स्पेनले कार्यसमिति विस्तार गरेको छ।समितिको हालै बार्सिलोनामा सम्पन्न नियमित वैठकले पदाधिकारीहरु मनोनित गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो। 

समितिको उपाध्यक्षमा राम प्रसाद सापकोटा (बिराज), महामन्त्रीमा बिनोद लामिछाने , सहमहामन्त्रीमा बिबेक गुरुङ, प्रवक्तामा बिजय शर्मा “दर्पण” कोषध्यक्षमा लिल रोकाहा र सहकोषाध्यक्षमा सबिता खत्री क्षेत्री बानियालाई मनोनित गरेको हो।

समितिका सभापति सन्तोष श्रेष्ठको अध्यक्षता बसेको नियमित बैठकले सल्लाहकारहरुमा अनिल गुरुङ  र बिष्णु रिजाललाई मनोनित गरेको छ। 

नेपाली नयाँ बर्षको उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रमलाई निशुल्क गर्दै भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको समितिका महामन्त्री विनय अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।