कुल आचार्यलाई प्रश्न : एनआरएनएमा ‘गाईजात्रा कमिटी’ सस्तो भएन र ? (अन्तर्वार्ता)


गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनले आम सहमति कायम गर्दै तीन जना अध्यक्ष सहित नयाँ कार्यसमिति गठन गरेको छ।  महा धिवेह्सन पछि कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका कुल आचार्य स्पेन को भ्रमण मा पुगेका बेला पत्रकार बसन्त रानाभाट ले उनीसंग कुरा गरेका थिए।  उक्त कुराकानीको सम्पादित अंश:

 तपाई पहिला पनि स्पेन आउनु भएको थियो, यस पटक कार्यकारी अध्यक्ष भएर आउँदा अलि वेवास्ता (कम सम्मान ) पाउनु भयो कि ?

 कार्यकारी अध्यक्ष भएपछि पहिलो भ्रमण गर्ने अवसर पाए । गैर आवासीय नेपाली साथीहरुसँग स्पेनमा भलाकुसारी गर्ने अवसर पनि पाए । सम्मानको कुरामा म त्यतिधेरै जान चाहन्न ।समयको कालखण्डमा गैर आवासीय नेपाली संघको तिता मिठा कुराहरु हुँदै गर्दा केही साथीहरुले  तलमाथिको कुराहरु सोच्नु  भएको होला । तर हिजो पनि म गैर आवासीय नेपाली संघको सिपाहीको रुपमा थिए आज पनि सिपाहीको रुपमा रहेको छु । गैर आवासीय नेपाली संघमा हामीले काम गर्दा स्पेनलाई सवै साथीहरु मिलेर यहाँको कमिटीहरु बनाउनेदेखि यहाँको चाडपर्वहरु मनाउनेसम्मका कुराहरुले पहिलादेखि नै हामीहरुलाई प्रभाव पार्दै आएको साथ साथै यो गैर आवासीय नेपाली संघमा स्पेनबाट धेरै कामहरु पनि सुरु गरेका छौं ।

 गाईजात्रा तरिकाले कमिटी गठन भयो, अहिले त कार्यसमिति पनि सस्तो भयो होइन ?

 विषम परिस्थितिमा हामीले आम सहमतिको महाधिवेशन गरेका छौं । यस्तो अवस्थामा धेरै पछाडि फर्किएर यस्तो भयो उस्तो भयो भनेर धेरै घाउ नकोट्याइदिनुस् । संस्था ठूलो भएर चलायमान भएपछि त्यहाँ उतार चढाव भएकै हो । तर पनि हामी सबै एकैठाउँमा बसेर आम सहमति गरेर एक जनाले गर्ने ठाउँमा ३ जनाले गर्छौं, १७ जनाले गर्ने ठाउँमा ५९ जनाले गर्छौं भनेर प्रण गरेको अवस्थामा यसलाई अगाडि लाने किसिमले सोँचिदिनु भयो भने हामीले गरेको प्रयासमा सहयोग  गरिदिनुहुन सबैलाई अनुरोध पनि गर्छु । यहाँ नछिपेको कुरा के हो भने हामीले समयमा अधिवेशन गर्न सकेनौं । डेलिगेट्सको विवाद समाधान गर्न पनि सकेनौं । यी कुराहरु त छदै छन्, अव संस्थालाई चलायमान बनाउनका लागि हामी मिलेर एक ठाउँमा बस्नुको विकल्प छैन भनेर प्रण गरेर आइसकेको अवस्थामा अब धेरै पछाडि फर्काइरहनु पर्दैन । त्यसका लागि तपाईंहरुले पनि अब एनआरएनएलाई गतिशील बनाउनका लागि सहयोग गर्नुपर्छ । हाम्रो ठूलो टिम भए पनि केही राम्रो काम गर्ने प्रण पनि गरेका छौं ।

 तपाईंले आम सहमतिको कुरा गर्दा अर्को पक्ष त बाहिर छ नी ?

नेपाल सरकार, नेपाली डायस्पोरा, हामीलाई सहयोग गर्ने संस्था, जसरी गैर आवासीय नेपाली संघ एनआरएनको अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघ र परराष्ट्र मन्त्रालयले सहयोग गर्छ । त्यसैले अहिले पनि परराष्ट्रको सहकार्यमा हामीले अधिवेशन सम्पन्न गरेका हौं । यद्यपि केही कुराहरुमा कन्फ्यूजन छ । यो कुरा समाधान गर्ने विषयमा हामी अत्यन्त चिन्तित छौं । हामीले अति आवश्यक पर्ने विधान संशोधन गरेर परराष्ट्रले छाप  लगाइसकेको छ भने हाम्रो अधिवेशन राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्रीले समापन गर्नुभएको कुरा त सार्वजनिक नै छ । त्यसैले कोही पनि कन्फ्यूजनमा रहनु पर्दैन ।

  शेष घलेको नेतृत्वमा भएको अधिवेशन अवैधानिक भन्न खोज्नु भएको हो ?

गैर आवासीय नेपाली संघको ट्रेन्ड अहिलेसम्मको के छ, र हामी परराष्ट्र मन्त्रालयको साथ कता छ भन्ने कुरामा झुक्किनु हुँदैन । निवर्तमान प्रमुख संरक्षक शेष घलेको पहल र संस्थालाई जिवन्तता प्रदान गर्न उहाँले भूमिका खेल्नु भएको छ । जनवरी ९ तारिखमा म आफैले मिटिङ राखेर पूर्व अध्यक्ष, प्रमुख संरक्षकहरुलाई राखेर संरक्षक परिषद्ले पहल गर्नुपर्ने निर्णय त कुल आचार्यले गरेको हो नी । त्यो समिति कहि न कही चुक्यो । हामीसँग दुई वटा बाटो थियो । कि संसारभरका नेपालीहरुलाई दुई चिरा बनाएर जाने र सकभर हामीले गरेका गल्ती कमजोरीहरु सुधार गर्दै संस्थालाई एकतृत राख्दै आम सहमतिमा कमिटी बनाउने ।

 तपाई पदलोलुप हुनुभयो भन्ने आरोप पनि छ ?

राम्रा नराम्रा कमेन्टलाई म सल्लाह र सुझावको रुपमा लिन्छु । हामीले सवैसँग सहकार्य गर्नुको एउटा मात्रै उद्देश्य थियो । त्यो उद्देश्य भनेको संस्थालाई एकै ठाउँमा राखौं । अग्रजहरुलाई सम्मान गरौं र गैरआवासीय नेपालहरुको समस्यालाई समाधान गरौं भनेर हामीले अन्तिमसम्म प्रयास गरेका हौं । अहिले कसै कसैले कुल आचार्यले धोका दिए भन्दै पनि आएका छन् । यसमा मेरो जवाफ के हो भने भएका विकृतिलाई हटाउँदै सबैलाई साथ लिएर जाने हो । पूर्व अध्यक्षहरु मिलेर अघि बढे यो समस्या समाधान हुन्छ ।

भिडियो कुराकानीको पूरा अंश :