जनसम्पर्क समिती पाईसभास्कोको नेतृत्वमा सापकोटा 


बार्सिलोना। नेपाली जनसम्पर्क समिती पाईसभास्को क्षेत्रिय समितीको अध्यक्षमा गंगाराम सापकोटा सर्वसम्मत चुनिएका छन्। सोमबार बिल्बाउमा सम्पन्न समितिको पहिलो अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।

 समितिको उपाध्यक्षमा श्री भक्त पौडेल,रोहन कार्की महामन्त्रीमा सन्तोस अधिकारी (जोन),सह-महामन्त्रीमा भगवती हमाल र कोषाध्यक्षमा भावना खनाल चुनिएका छन्। यस्तै सदस्यहरुमा नगेन्द्र खड्का,शक्तितामाङ,संगीता शर्मा,अनिता शर्मा र अनुशा रानाभाट रहेका छन्।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बनेका थिए। नेपाली जनसम्पर्क समितिका निर्वतमान अध्यक्ष इन्द्र शर्मा,एनआरएनए स्पेनका पूर्व अध्यक्ष अनिल गुरुङ, समितिका महामन्त्री बिनय अधिकारी लगायतले  कार्यक्रममा शुभकामाना ब्यक्त गरेका थिए।