कास्की आर्दश समाज स्पेनको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा केसी  


बार्सिलोना।कास्की आदर्श समाज स्पेनको चौथो अधिवेशनले पुष्प केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको संगठित समाजको सोमबार बार्सिलोनामा सम्पन अधिवेशनले केसीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

डेढ दशकदेखि स्पेनमा बसोबास गर्दै आएका नवनिर्वाचित अध्यक्ष केसी समाजका संस्थापक अभियन्ताहरु मध्ये एक हुन्। नयाँ निर्बाचित कार्यसमितिको उपाध्यक्षमा देवी गौतम भण्डारी,शान्ता राणा र महासचिवमा मोहनराज गौतम चयन भएको निर्वाचन समितिका संयोजक केदारनाथ ढुंगानाले जानकारी दिए। 

सचिवमा सविन बानिया र कोषाध्यक्षमा गीता बराल गौतम चयन भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा सुनिता ढुंगाना,विवेक हमाल, विवश पहारी,केशव शर्मा र सुनिता सुनार चयन भएका छन्।

समाजको दोस्रो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङले सम्बोधन गरेका थिए। कार्यक्रममा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एवम् निर्वाचन पर्यवेक्षक गोबिन्द तिमिल्सिना,समाजका केन्द्रिय सल्लाहकार दिनेश गुरुङ, संस्थापक अध्यक्ष दिलनाथ भण्डारी, एनआरएनए प्रस्तावित आईसीसी सदस्य दिनेश गिरी,एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले  नयाँ कार्यसमितिलाई शुभकामाना ब्यक्त गरे।

कार्यक्रममा जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष शिव तिमिल्सिना, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा,जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष अशोक किरण न्यौपाने लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। 

समाजका अध्यक्ष बल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन देवी गौतम भण्डारीले गरेकी थिईन्। 

राम्रा कामलाई निरन्तरता : अध्यक्ष केसी 

नवनिर्वाचित अध्यक्ष केसीले समाजले गर्दै आएका प्रंशसनीय र राम्रा कामहरुलाई नयाँ कार्यसमितिले पनि निरन्तरता दिने प्रतिवद्वता ब्यक्त गरेका छन्। आफ्ना १४ बुंदे प्रतिवद्धताहरु प्रस्तुत गर्दै उनले स्पेनस्थित संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाली समाजको हितमा काम गर्ने बताए।

स्पेनमा रहेका कस्केलीहरुको तथ्याङ्क संकलन तथा क्षेत्रीय समितिहरु विस्तार गर्ने कामलाई केसीले प्राथमिकतामा राखेका छन्। हरेक बर्ष जिल्लामा गर्दै आएको परोपकारी कामलाई निरन्तरता दिने लगायत स्पेनमा हुर्कदै गरेका नेपाली बालबालिकाहरुको हितमा पनि कार्यक्रमहरु ल्याउने उनको योजना रहेको छ।