नेपाली जन प्रगतिशील मन्च स्पेन (ड्यास माओबादी) ले बहिष्कार गतिविधिलाई अनुमोदन


बार्सिलोना
नेपाली जन प्रगतिशील मन्च स्पेन (ड्यास माओबादी) ले अन्तर संगठन समन्वय समिती बिच भएको सहमति अनुसार नै गैरआवसिय नेपाली सघंको राष्ट्रिय समन्वय परिषद स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई बहिष्कार गर्ने भएको छ ।

७ सस्थाहरुबिच अगस्ट २५ मा भएको सहमतीलाई अनुमोदन गर्दै सम्पूर्ण गतिबिधिहरुमा अर्को निर्णय नहुदा सम्मका लागी बहिस्कार गरेको हो। मन्चका अध्यक्ष ईश्वर शर्माको अध्यक्षतामा आकस्मिक बैठक बसेर निर्णय गरेको महासचिब गोपाल रेग्मीले  बताए। उनले नेपालीनेपाली डटकमलाई पठाएको ईमेलमा भनेका छन् , “सामूहिक रुपमा सस्थाको अध्यक्ष जस्तो ब्यक्ति स्वयम उपस्थित भएर गरिएको सहमती संपूर्ण सहकर्मी संगठनहरुले पूर्ण इमान्दारिताका साथ पालना गरिनेछ भन्ने हामीले बिश्वास गरेको छौ।

सातौ क्षेत्रीय युरोपियन बैठक तथा पाचौ महिला सम्मेलनको बिषयमा उठेका आशंका र छानबिनका सम्बन्धमा एन आर एन ए स्पेनले उदासीनता देखाएको भन्दै स्पेनका सात संघ सस्थाहरुले एन.आर.एन.ए स्पेनलाई बहिस्कार गर्ने निर्णय गरेका थिए।
तर अहिले समाजिक संजालहरुमा केही सस्थाका अध्यक्षहरुले सस्था भित्र केहि छलफल नगरेको भन्दै निर्णय नमान्ने भन्ने देखिए पनि औपचारिक रुपमा मिडियालाई जानकारी भने गराईको छैन।
नोट :- यो बिषयमा अन्य कुनै संघ सस्थाको सहमति बिमती बा बिज्ञप्ती दिनु परे infonepalinepali@gmail.com मा ईमेल  गर्न सकिने छ। थप जानकारी लिनको लागि आफ्नो टेलिफोन नम्बर पनि  लेख्नु होला । हामीलाई आधिकारिक जानकारी गराए पछि  मात्र समाचार प्रकाशित गरिने छ , अहिले सम्म प्रकाशित सामग्री आधिकारिक जानकारी बाट प्रसारण गरिएको र यस सन्दर्भमा मौखिक भनाईमा समाचार प्रकाशित गर्न असमर्थ हुनेछौ ।