स्पेनका संघ-सस्थाहरुले एन.आर.एन.ए स्पेनका सम्पूर्ण गतिबिधीहरुलाई बहिष्कार गर्ने निर्णय


बसन्त रानाभाट
बार्सिलोना
स्पेनमा रहेका संघ सस्थाहरुले गैरआवसिय नेपाली सघंको राष्ट्रिय समन्वय परिषद स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई बहिष्कार गर्ने भएका छन् । संघको सातौ क्षेत्रीय युरोपियन बैठक तथा पाचौ महिला सम्मेलनको बिषयमा उठेका आशंका र छानबिनका सम्बन्धमा एन आर एन ए स्पेनले उदासीनता देखाएको भन्दै यस्तो निर्णय गरेको सस्थाहरुले बताएका हुन्।

सोमबार बार्सिलोनामा पत्रकार सम्मेलन गर्दै नेपाली जनसम्पर्क समिती स्पेन , प्रबासी नेपाली मन्च ,नेपाली जनप्रगतिशिल मन्च (एकिकृत माओबादी),,नेपाली जनप्रगतिशिल मन्च (माओबादी),तमु समाज ,चितवन समाज , र मगर समाज स्पेनले ,यिनै संघ सस्थाहरुबाट बनेको एन आर एन ए स्पेनले सस्थाको मागलाई उपेक्षा गरेको भन्दै यस्तो कदम लिनु परेको पत्राकार सम्मेलनमा जानकारी गराएका छन्।
गैरआवसिय नेपाली सघंको युरोपियन बैठकमा आमन्त्रित पाहुनाहरुका सम्बन्धमा अपारदर्शिता भएको चर्चा बाहिर चलेको बताउदै सस्थाहरुले आयोजक राष्ट्रिय समन्वय परिषद स्पेनका तर्फबाट बास्ताबिकता बाहिर ल्याउन उदासिनता देखाएको जिकिर गरेका छन् । युरोपियन बैठक सकिए पछि भएको समिक्षा बैठकमा सबै कुरा नटुंगिएको तर बैठक फेरि बोलाउने भनीए पनि नबोलाइएको,स्बतन्त्र छानबिन समिती गठन नगरिएको, ५ सदस्यीय छानबिन समिती गठन भएको जानकारी बाहिर समाचारमा आए पनि संयोजक बाहेक अन्य सदस्यको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको सस्थाहरुले बताएका छन् । सत्य तथ्य बाहिर ल्याउन गरिएको अनुरोधलाई बेवास्ता गरिएको र अगस्ट २४ भित्र समाधान सहित जानकारी गराउन आफुहरुले पत्र पठाए पनि एन आर एन ए स्पेनले कुनै बैठक नगरी केबल पत्र मार्फत दिएको उत्तरबाट सस्थाहरुलाई चित्त नबुझेकोले यस्तो कदम चालेको बताएका छन् ।
सस्थाहरुले अगस्ट २२ तारिकमा एन .आर. एन. ए. स्पेन लाई पत्र लेखी २४ तारिक भित्र आफ्न्नो मागहरुको संबोधन नभए संघ बिरुद्द उचित कदम चाल्ने अल्टिमेटम दिएका थिए ।
पाप्त पत्रमा ५ सदस्यीय छानबिन समिती गठन भएको जानकारी गराए पनि समितीमा को को छन् भन्ने जानकारी नभएको र छलफलका लागि एन. आर. एन. ए. तयार छ भनिएको भए पनि बैठकका लागि मिति नतोकोएको भन्दै, समस्या समाधान नभए सम्म आफुहरुले आजका मिति देखी एन .आर एन ए स्पेनका सम्पूर्ण गतिबिधि बहिष्कार गर्ने निर्णय गर्दै यस्तो कदम चालेको संघ -सस्थाहरुले जनाएका छन् । सस्थाहरुले स्पेनका समस्याहरु समाधान गर्न सामुहिक कार्यगत एकता गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सात सस्था बिचको संजाललाई ‘अन्तर संगठन समन्वय समितीको” नामाकरण गरेका छन् ।

नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष एबम समन्वय समितीका संयोजक चिन्तामणी सापकोटाले पटक पटक व्यक्तिगत र सस्थागत रुपमा आफुले पहल गर्दा पनि समस्या समाधानको सट्टा उल्टो आरोप लगाउने काम एन आर एन ए स्पेनबाट भएको बताउदै उनले भने, तुरुन्त छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्छ र समस्याको समाधान छिटो गर्नु पर्छ। ”
प्रबासी नेपाली मन्च स्पेनका अध्यक्ष मुक्त गुरुङले सबै स्पेनबासी नेपाली समुदायको मर्म र भावाना अनुरुप संघले काम नगरेको बताउदै यति धेरै सस्थाहरुले आबाज उठाउदा पनि उदासीनता देखाएको बताए।  जनप्रगतिशिल मन्च (एकिकृत माओबादी) महेश्वर कडेलले भने “हामीहरुले पाहुनाको बिषयमा क्षेत्रीय बैठक अगाडि नै जवाफ मागेको जबाफ आएन ,समिक्षा बैठक यसै टुंगियो अनि न त बैठक डाकियो न त छलफल गरिन्छ एक तर्फी रुपमा मात्र निर्णय गरिन्छ समाचारमा आउछ ,के सस्थाहरुको कुनै औचित्य छैन ?
जनप्रगतिशिल मन्च (माओबादी) का अध्यक्ष ईश्वर शर्माले भने एन आर एन ए स्पेन जसरी बिस्तार गरीयो त्यो अनुरुप नेतृत्वले सस्थाहरुलाई बेवास्ता गर्दै खोला तर्यो तर लौरी बिर्सियो।  यस्तै संघ सस्थाको तर्फबाट तमु समाज स्पेनकि अध्यक्ष ज्योती गुरुङ ,चितवन समाज स्पेनका अध्यक्ष बिनोद ढकाल, मगर समाज स्पेनका अध्यक्ष बुद्द मिलन थापाले पनि छानबिनको सन्दर्भमा उदासिन भएको भन्दै, असन्तुस्टी जनाउदै एन आर एन ए स्पेनका सम्पूर्ण गतिबिधी बहिष्कार गर्ने भएका छन्।

पत्रकार सम्मेलनमा जानकारी गराएको आधारमा सात संघ सस्थाहरुले उठाएका केही सबाल,तर्क तथा मुद्दाहरु :-
नोट: – प्रस्तुत बुदाहरु ७ संघ सस्थाहरुले एन आर एन ए स्पेनको गरिमा र स्वच्छता माथी आच आएको ठहर छ भनी दिईका कारण हरुको केहि अंश साभार गरिएको हो।

– क्षेत्रीय बैठकमा आमन्त्रित पाहुनाहरुका सम्बन्धमा अपारदर्शिता भएका चर्चा चलिरहदा आयोजकको तर्फबाट बास्तबिकता बाहिर ल्याउन उठेको आबाज प्रति उदासिन हुनु ,पाहुनाको बिषयमा एन आर एन ए स्पेनले आफै अनबिज्ञता ब्यक्त गर्नु तथा दर्ता तथा भिसा सहजीकरण समितीमा एक पटक पनि छलफल नगरी अध्यक्ष आईसीसीको आदेशमा निमन्त्रणा गरिनु र पछि पूर्ण बिबरण नदेखाई नाममा संयोजक र उप -संयोजक लाई देखाई आफुहरु पन्छिन खोजेको ।

-एन आर एन ए स्पेनको समिक्षा बैठकमा आर्थिक सम्बन्धमा आई सी सी स्पेन र अध्यक्ष बाहेक कोषाध्यक्ष तथा अरुलाई समेत जानकारी नगराई एक तर्फी हिसाब प्रस्तुत गरी हिसाब किताब मिलाउने क्रममा पुर्ब सहमती अनुसार राहत कोषमा नाफा २० प्रतिशत राख्ने प्रतिबद्दता बिपरित १२०० युरो मात्र राखीएको तथा बिल तल माथि गरी होटेलको बिल हेरी मिलाउने भनी आइसीसी जस्तो ब्यक्ति प्रस्तुत भएकाले आर्थिक रुपमा पनि अनियमितता भएको आशंका ।

-निर्माण गरिएका उप – समितिका संयोजकहरुलाई समेत कार्यक्रमका बारेमा स्पष्ट जानकारी नगराई आबश्यक कागजात पनि नदिएको र संयोजकहरुको छलफलका लागी बनाईएको तत्कालिन अनलाईन ग्रुपमा समस्या पहिचान तथा समाधान समितीका संयोजकलाई दायरा बाहिर पारिएको ।
-युरो संयोजक र उप – संयोजकको उपस्थितीमा क्षेत्रीय बैठक २०१४ पुर्ब संयुक्त बैठक बस्ने भनी कार्य समितीको बैठकमा निर्णय भए पनि बैठक नबसाएको र कार्यक्रम भएको हलमा आबाज उठाए पछि कार्यक्रम पछि बैठक बस्ने भनिएता पनि नबसेकोले एन आर एन ए स्पेनलाई कतै मिले मतो मा अनियमितता भएको छ कि भन्ने प्रशस्त शंका गर्ने स्थान दिईएको

NRN-Spain-boycut-letter