बेल्जियमको लुभेनमा तिज कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )


बिष्णु सापकोटा,लुभेन-

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम बेल्जियमको लुभेन शहर अन्तर्गत ब्रुल पार्कमा ईन्द्र्धनुष क्लवको आयोजनामा आईतबार सम्पन्न भएको छ कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुभेन नगरपालीका सस्कृति बिभाग अन्तर्गत रहनु भएकी डेनिस भान्दरभोर्तले सम्पूर्ण नेपाली दिदीबहिनीहरु हरुलाई तीजको शुभकामना दिदै सस्कृतिको आदान प्रदानले नेपाल र नेपाली लाई चिनाउन सहयोग पुग्ने र नेपालीहरुका यस्ता कार्यक्रमहरुलाई आफ्नो व्यक्तिगत तथा नगरपालीकाको तर्फबाट सक्दो सहयोग गर्ने बताएकी थिईन ।

 कार्यक्रममा अतिथिको रुपमा एनआरएन यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, नेपाल बाट पाल्नु भएकी ख्यातिप्राप्त गायिका देविका के सी, क्लवका पुर्व अध्यक्ष श्रीमती अनन्त गुरुङ तथा चिवन सहायता कोष की अध्यक्ष पार्वती अधिकारी तथा बेल्जियममा स्थित नेपाली संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

अतिथिको आसनबाट क्षेत्री समाजका अध्यक्ष मोहन खत्रीले सम्पूर्ण चेलीबेटीहरुलाई प्रवासमा भएपनि माईतिको सम्झना स्वरूप दर ख्वाउन पाएकोमा खुसि व्यक्त गरेका थिए ।  क्लवका उपाध्यक्ष श्रीमती यसोदा उपस्थित सम्पूर्ण अथिति तथा   महानुभावहरुलाई आफ्नो मन्तब्य द्वारा स्वागत गरिन् । पहिलो चरणको औपचारीक कार्यक्रमलाई अध्यक्षता गरेका क्लवका अध्यक्ष सुर्य ढकालले सम्पूर्ण महिला दिदीबहिनीहरुहरुलाई बिशेष धन्यबाद दिदै ईन्द्र्धनुष क्लवले प्रवासमा रहे पनि नेपाली दिदीबहिनीहरुलाई माईतिको सम्झना स्वरूप आफ्नो स्थापना काल देखिनै तीज कार्यक्रम गर्दै आएको यस्ता हरेक कार्यक्रममा क्लव सदैव सहयात्री रहने बताएका थिए । कार्यक्रममा स्वागत गीत संगै मोनालिसा पोख्रेल र एलिसा को स्वागत नाच प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव बिष्णु सापकोटाले गरेका थिए ।

6_converted
औपचारीक कार्यक्रम समापन पश्चात क्षेत्री समाज बेल्जियमले सम्पूर्ण उपस्थिति दिदीबहिनीहरु लाई दर ख्वाएको थियो भने उपस्थित सम्पूर्ण दिदीबहिनीहरुले बिशेष धन्यबाद सहित माईतिको सम्झना स्वरूप दर ख्वाएकोमा क्षेत्री समाज प्रति खुशी व्यक्त गरेका थिए । नेपालबाट पाल्नु भएकी ख्याती प्राप्त गायिका देविका के सी को तीज को गीतमा सम्पूर्ण दिदीबहिनीहरुले नाचगान सहित भरपुर मनोरंजन लिएका थिए । कार्यक्रममा क्लवको तर्फ बाट शान्ति भट्टराई, यसोदा थापा, जानु नेपाल, कबिता थपलियाको सक्रियतामा बिङ्गो चिठ्ठा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
त्यसैगरी हाल अमेरिकामा रहनु भएका नेपाली पप गायक ओम बिक्रम बिष्ट तथा ख्याती प्राप्त लोक गायिका देविका के सी, क्षेत्री समाजका अध्यक्ष लगाएत सम्पूरण सदस्यहरुलाई लाई क्लवका तर्फबाट क्लवका अध्यक्ष सुर्य ढकालले बिशेष सम्मान गरेका थिए ।

कार्यक्रममा ईन्द्र्धनुष क्लवका पुर्व अध्यक्ष मिंन्ड गुरुङ महादेवको जस्तो भेष धारण गरि उपस्थित भएकोले महिला दिदीबहिनीहरुको नाचगानमा थप रौनकता छाएको थियो । कार्यक्रममा करिव चार सय महिला दिदीबहिनी हरुको उपस्थिति रहेको थियो ।

2_converted

4_converted