सदस्यहरुलाई सम्पूर्ण कार्यक्रम बहिष्कार गर्न प्रबासी नेपाली मन्चको निर्देशन


बार्सिलोना
स्पेनमा रहेका सात संघ सस्थाहरुले गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई बहिष्कार गर्ने निर्णय गरेकै दिन बसेको प्रबासी नेपाली मन्च स्पेनको सचिबालय बैठकले यसलाई अनुमोदन गरेको छ ।
यस अघि सात मध्येको एक घटक रहेको मन्चका तर्फबाट अध्यक्ष मुक्त गुरुङले निर्णय प्रति समर्थन जनाए पनि मन्चको आकस्मिक बसेको बैठकबाट नै उक्त निर्णयलाई अनुमोदन गर्दै एन आर एन ए स्पेनका सम्पूर्ण गतिविधिलाई बहिष्कार गर्न लागेको हो । ।
सातौ क्षेत्रीय युरोपियन बैठक तथा पाचौ महिला सम्मेलनको बिषयमा उठेका आशंका र छानबिनका सम्बन्धमा एन.आर.एन. ए स्पेनले उदासीनता देखाएको भन्दै मन्चले आफ्न्ना सदस्यहरुलाई चित्त बुझ्दो जबाफ नदिए सम्म कार्यक्रम बहिस्कार गर्न निर्देशन समेत दिएको छ।
अहिले सम्म नेपालीनेपाली डटकम लाई उपलब्ध जानकारी अनुसार अन्तर संगठन समन्वय समितीको निर्णय पछि आफ्न्नो संगठन भित्र  पुन:  छलफल गरी सदस्यहरुलाई कार्यक्रम बहिष्कार नै गर्न निर्देशन दिने प्रबासी नेपाली मन्च  पहिलो हो ।
आकस्मिक बैठक मन्चका अध्यक्ष मुक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको महासचिब दिनेश गुरुङले जानकारी दिए।