शान्ति स्तुपा नजिक पहिरो जादा टिपिकल रेष्टुरेण्टमा कार्यरत ३ जनाको मृत्यु एक बेपत्ता


दीननाथ वराल\सन्देश
पोखरा, १० भदौ

विश्व शान्ति स्तुपा नजिकै पहिरो जादा कास्कीको पुम्दी भुम्दी १ अनदुमा रहेको टिपिकल लज एण्ड रेस्टूरेन्टमा कार्यरत ३ जना कामदारको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोमा परि मुत्यु हुनेहरुमा प्रकाश मगर, मोहन मगर र राम मगर रहेको कास्की प्रहरीले जनाएको छ । उक्त घटनामा परी भुवन मगर अझै वेपक्ता छन । शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानियले घटना पछि उद्धारमा जुटका थिए ।

स्तुपाको तल भेग फेवाताल पारी नजिकै रहेको लजलाई राति करीब एक वजेतिर खसेको पहिरोले लजसहित उनिहरुलाई पहिरोले पुरेको पहिरोले लजका भौतिक सामाग्रिह फेवातालमा पुराएको संचालक गोकुल मगरले बताए ।

फेवाताल पारी वत्तिवहादुर गुरुङको घरमा गोकुल मगरले विगत ८ बर्षदेखि सञ्चालन गर्दै आएको टिपिकल लज एण्ड रेस्टूरेन्टलाई राति एक वजेतिर आएकोे पहिरोले बगाउँदा मानविय क्षतिसंगै रेष्टुरेण्ट पुर्ण रुपमा क्षति भएको संचालक थापाले बताए । उनले भने “हामीले नसोचेको घटना भयो, म र मेरो एक कर्मचारी हिजो पोखरामा गएका थियौ र हामी दुई जना बाच्न सफल भयौं ।” उक्त लजमा अघिल्लो दिनसम्म बसेका पर्यटक आईतबार विहानै लज छाडेका कारणले गर्दा अझ ठुलो मानविय क्षतिहुनबाट बच्न सफल भएको स्थानीयले बताए ।

पहिरोमा परि वेपत्ता भएका लजका मजदुर ओखलढुंगा गामलाङटारका २८ बर्षीय प्रकाश थापा मगर, सिन्धुली आङ्साङका १८ वर्षिय मोहन मगर र धादिङ कल्लेरीका २२ वर्षिय राम मगरको शव दिउसो भेट्टिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक केदार रजौरेले बताए । त्यस्तै सोही लजका सञ्चालक गोकुल मगरका काकाका छोरा (भाइर्) रामेछाप सैवुका २२ बर्षीय भुवन मगर वेपत्ता छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रकास मगर भने संचालक मगरका सानी आमाको छोरा हुन ।

Pahiro_3

उद्धारका लागि कास्कीका प्रहरी प्रमुख वसन्तकुमार लामाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको गरी १०२ जना, सशस्त्र प्रहरी वल कालिका गणबाट २७ र नेपाली सेनाको टोली खटिएको थियो ।

त्यस्तै, सोही पहिरोले एउटा टायलको घर पुरिएर ३ जना घाईते भएका छन् । पहिरोले घर पुर्दा पुम्दीभुम्दी वडा नम्बर १ भुम्दीका एकै घरका ३ जना घाइते भएका हुन् । पहिरोमा परेर ३० वर्षिया सुवि गुरुङ, उनको १४ वर्षिय छोरा प्रनेश गुरुङ र भतिजा १८ वर्षिय सूर्य गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको राती नै प्रहरीले उद्धार गरेको थियो । घाइते ३ जनाकै नमस्ते हस्पिटल विरौटामा उपचार गरिएको छ ।

IMG_2963

गएराति परेको ठुलो बर्षाले पोखराका केहि ठाँउहरुमा भल पानी पसेर बस्तीलाई प्रभावित पारेको छ भने केहि ठाँउहरुमा भत्काएको खबर प्राप्त भएको छ । र्फिकेखोला प्रस्याङमा रहेको ११ जनाको सुकुम्वासि बस्तीमा गए राति भलपानी पस्दा निर्मला गुभाजु र सोम माया श्रेष्ठको घर भत्कीएको छ भने अन्य ९ घरमा बाढी पसेर घरमा रहेको सरसामानको क्षति पुराएको गुभाजुले बताईन । पोखराको जिरेवर लगायतको क्षेत्रमा खोना निर भलपानीले भत्काएको स्थानीयले बताए । पोखरा क्षेत्रमा भल पानीलाइ राम्रो निकास दिन नसक्दा तथा खोला किनारामा रहेका बस्तीलाई व्यबस्थीत पार्न नसक्दा पटक पटक बाढी पहिरोले प्रभाव पार्दै आएको छ । जरेवरमा एक प्रसाद न्यौपानेको घर चर्कीएको छ भने शंकर श्रेष्ठको घर नजिकैको जमिनमा भुवान परेको छ ।