इटाली बन्यो युरो च्याम्पियन


इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ।पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इंग्ल्यान्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए।युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए। यस्तै इंग्ल्यान्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो। लगत्तै इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे। इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे।

इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको हो। दोस्रो उपाधि जित्न इटालीले ५३ वर्ष कुर्नु पर्‍यो। यसअघि इटाली सन् २०१२ को फाइनलमा पुगे पनि स्पेनसँग पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो।

यता ५५ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको लक्ष्य भने पूरा हुन सकेन। इंग्ल्यान्डले सन् १९६६ को विश्वकप जितेपछि कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा पुगेको थियो।