कोरोना नियन्त्रणका लागि डार्बिन व्बाईजद्वारा ७ लाख सहयोग 


डार्बिन। जुन १९ 

अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाईजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४ सय २६ रुपैयाँ सहयोग गरेको छ। डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्विन ब्वाईजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो।  

‘मातृभुमी कोरानाले आक्रान्त भईरहेको बेला हाम्रो मन रोक्किएन। प्रदेशमा पसिना चुहाउन बाध्य भएपनि हाम्रा अभिभावकहरु नेपालमा नै छन्। डार्बिन शहरका रहेका सृजनशिल र परिश्रमी युवाहरुको समूहले रकम संकलन गरेर नेपाल पठाएका हौ।’ डार्विन ब्वाईजका भाजुराम लामाले बताए। रकम संकलन अभियानमा ४५ जना सहयोगदाताले स्वईच्छाले सहयोग गरेका थिए। 

कोरोना नियन्त्रणको प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रको भूमिका महत्वपूर्ण रहेकाले रकम पठाएको डार्विन ब्वाईजले जनाएको छ। ‘युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा कोरोना नियन्त्रणको लागि थुप्रै प्रयासहरु भएको हामीले देखिरहेका छौ।उहाँको कामको सम्मान गर्दै आफ्नो पारिश्रमिकबाट थोरै रकम निकालेर मातृभुमीको लागि  सहयोग गरेका हौ।’ डार्बिन निवासी कृष्ण रानाभाटले भने।