एनआरएनए म्याड्रिडको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा मेघनाथ ढकाल


बार्सिलोना, जुन १३ 

एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पाँचौ अधिवेशनले सर्बसम्मत रुपमा मेघनाथ ढकालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आईतबार स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न अधिबेशनमा ढकाल नेतृत्वको नयाँ कार्यसमिति निर्वाचन समितिले घोषणा गरेको हो। 

समितिको उपाध्यक्षमा देवी शर्मा, सचिवमा सागर श्रेष्ठ, सहसचिवमा मनमाया राई, कोषाध्यक्षमा ज्योती पुलामी मगर,महिला संयोजकमा झरना गुरुङ् र सदस्यमा विरू गुरुङ् निर्वाचित भएका छन्। बाँकी पदहरुमा उम्मेद्वार नपरेकाले पछि मनोनयन गरिने समितिले जनाएको छ।केन्द्रिय प्रतिनिधिको रुपमा एनआरएन स्पेनको सदस्यमा सुजिल गोले निर्बिरोध चयन भएका छन्। 

समितिको पाँचौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै एनआरएन स्पेनका अध्यक्ष दिनेश गुरुङले म्याड्रिडबाट एकताको सन्देश मिलेको बताए। अध्यक्ष गुरुङले भने, ‘सवैभन्दा पुरानो क्षेत्रीय समितिले सर्बसम्मत नेतृत्व चयन गरेको छ। अन्य चार क्षेत्रहरु लगायत केन्द्रमा पनि मिलेर जाने सन्देश दिएको छ।’उनले आफ्नो कार्यकालमा म्याड्रिड लगायत अन्य क्षेत्रीय समितिहरुको ठुलो साथ र सहयोग मिलेको भन्दै धन्यबाद ब्यक्त गरे।

म्याड्रिडस्थित नेपाली राजदूताबासका उपनियोग प्रमुख अर्जुन अधिकारीले एनआरएनसँग सधैँ दूताबासले हातेमालो गर्दै अघि बढ्ने बताए। एनआरएनए युरोपका पूर्व युरोप उपसंयोजक तथा लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले रक्तदान कार्यक्रम लगायतका थुप्रै प्रंशसनीय काम गरेको भन्दै क्षेत्रीय समिति म्याड्रिडलाई बधाई दिए। 

एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर राईले सो अबसरमा नयाँ कार्यकालका लागि अध्यक्षको उम्मेद्वारी घोषणा गरे। क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघ स्पेनमा  सवै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराकासाथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गरेको छु। यस मञ्चबाट फेरी एक पटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोगको लागि आह्ववान गर्दछु।’

क्षेत्रीय समितिका अध्यक्ष सुजिल गोलेको सभापतित्वमा सम्पन्न अधिबेशनमा संघको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। अध्यक्ष गोलेले दुई बर्षको अवधिमा आफ्नो कार्यसमितिका कार्ययोजना सफल पार्न साथ र सहयोग पुर्याएको भन्दै स्पेनबासि नेपाली समुदायलाई धन्यबाद ब्यक्त गरे।

आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिबेशन हुँदै छ। संघको म्याड्रिड बाहेक अन्य तीनवटा क्षेत्रीय समितिहरुको अधिबेशन हुन बाँकी नै छ।