क्याटालान नेताहरुलाई माफी दिने विवादास्पद योजना बिरूद्ध म्याड्रिडमा बिशाल प्रदर्शन


GETTY IMAGES

बार्सिलोना ,जुन १३ 

जेलमा परेका क्याटालान पृथकतावादी नेताहरुलाई माफी दिने विवादास्पद योजनाको बिरूद्ध स्पेनको राजधानी म्याड्रिडमा आईतबार हजारौं व्यक्तिहरू विरोध प्रदर्शनमा सामेल भएका छन्।
 
सन् २०१७ मा सम्पन्न क्याटलोनियाको असफल स्वतन्त्रता प्रयासको पछाडि संग्लग्न १२ पृथकवादीहरूलाई माफी दिने सरकारी योजना बिरूद्ध स्पेनको दक्षिणपन्थी पार्टीका नेतासहित हजारौं प्रदर्शनकारीहरु बिरोधमा उत्रिएका हुन्।
 
आन्दोलनकारीहरूले समाजवादी नेतृत्वमा स्पेनी सरकारले यसको राजनीतिक समर्थनको लागि योजना प्रयोग गरेको आरोप लगाएका छन्। तर प्रधानमन्त्री पेड्रो सान्चेजले माफी योजनाबाट क्याटालोनियामा देखिएको तनावलाई कम गर्न मद्दत पुग्ने दावी गरेका छन्।
सन् २०१७ मा भएको स्वतन्त्रता अभियानको मतदानले स्पेनमा ४० बर्ष यताको सबैभन्दा ठुलो राजनीतिक संकट देखा परेको थियो। क्याटालान नेतालाई पक्राउ गरी राजद्रोह, सरकारी कोषको दुरुपयोग तथा राज्यको अनादर गरेको अभियोगमा सन् २०१९ मा जेल चलान गरिएको थियो।
 
राजधानी म्याड्रिडको ल्लाजा डी कोलनमा प्रदर्शनकारीहरूले स्पेनिश राष्ट्रिय झन्डाहरु फहराएका थिए।माफी योजनाले राष्ट्रिय एकतालाई खतरामा पार्ने उनीहरुले चेतवानी दिएका छन्।
 
स्पेनी समाचारपत्र एल मुन्दोले हालसालै गरेको एक सर्वेक्षण अनुसार ६१ प्रतिशत प्रतिशत स्पेनिसहरूले माफी योजनाको बिरोधमा थिए। जबकि २९.५ प्रतिशतले माफि दिनुपर्ने मत राखेका थिए।
क्यटालोनियाले स्वतन्त्र राज्यका लागि सन् २०१७ को अक्टोबरमा जनमत संग्रह गरेपछि क्याटालोनियामा राजनीतिक संकट उत्पन्न भएको हो । त्यसलगत्तै मड्रिडस्थित केन्द्रीय सरकारले क्याटालोनियाको क्षेत्रीय सरकार भंग गर्दै प्रत्यक्ष शासन गरेको हो । त्यसलगत्तै भएको नयाँ निर्वाचनमा भने स्वतन्त्रता पक्षधर दलहरू झिनो मतले विजयी भएका थिए ।
(एजेन्सीको सहयोगमा )