पोर्चुगलमा तिज कार्यक्रम भब्य रुपमा सम्पन्न


बिनोद घिमिरे 

लिस्वन-

हरितालिका तिज को अवसरमा नेपाली नारी समाज पोर्चुगलले आइतवार एक भब्य कार्यक्रम सम्पन्न गरेको छ l रंगीचंगी सारी, गरगहना ले सज्जिएका दिदीबहिनीको बाक्लो उपस्थितिले फेनिक्स होटेल झपक्कै बलेको थियो l

परदेशको ठाउमा सधै सारीमा सज्जिन सम्भव नहुने हुदा बर्षमा एक दिन आउने यस्तो अवसरलाई चुकाउन चाहदैनन दिदीबहिनीहरु l सामुहिक दर खाएर तीजका गितमा नाचेर देश, माइतीको झल्को मेटाउने चलन नै बनिसकेको छ l भर्खरै मात्र स्थापना भएको नारी समाज ले एनआरएन, व्यवशायी लगायत का सहयोगी हात हरुको मद्धत कार्यक्रम सम्पन्न गरेको हो l

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा खानाको प्रायोजन पोर्चुगलको चिरपरिचित हमाल परिवार र त्यस्तै पानीको प्रायोजन आईएमी पोर्चुगलले गरेको थियो l

आदिबासी जनजाती महासंघका अध्यक्ष दावा पाख्रिन, एनआरएन पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङ र लिस्वनका लागि अवैतनिक वाणिज्य दूत एबम प्रमुख अतिथि मकर बहादुर हमालले तिज को शुभकामना मन्तब्य राखेका थिए l

उपाध्यक्ष सुनिता मानन्धर ले नारी समाज को स्थापना का उद्देश्य र भावी कार्यक्रम का बिषयमा जानकारी गराएकी थिइन् l स-सचिव लक्ष्मी पुन को स्वागत मन्तब्य, सचिव मनु मल्ल र उपाध्यक्ष कला राई को संचालनमा सम्पन्न कार्यक्रम को सभापतित्व सिता बराल ले गरेकी थिइन् l

tij14-6tij14-5(1)tij14-1