कास्की आर्दश समाज स्पेनले बार्षिक साधारण सभा गर्दै 


बार्सिलोना। कास्की आर्दश समाज स्पेनले बार्षिक साधारण सभा गर्ने भएको छ। फ्रेबअरी २१ आईतबार भर्चुअल माध्यमबाट बार्षिक साधारण सभा गर्न लागेको समाजले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहभागी बन्ने भएकी छिन्। कास्की आर्दश समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष गोबिन्द पौडेल लगायत केन्द्रिय पदाधिकारीहरुले पनि सहभागिता रहने समाजले जनाएको छ। 

साधारणसभामा समाजको आर्थिक तथा सांगठनिक प्रतिबेदन प्रस्तुत गरिने समाजका अध्यक्ष बल बहादुर कार्कीले जानकारी दिए। कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहने भएको छ।भर्खर स्पेन आएका नयाँ नेपालीहरुलाई लक्षित गर्दै समाजले स्पेनिस भाषा सिक्न मद्दत पुग्ने पुस्तकको समेत बिमोचन गर्ने भएको छ। 

कार्यक्रमवारे बिबरण :- 

मिति :– २१ फ्रेबअरी २०२१ आईतबार 

समय:-१६:०० बजे 

नोट :- भर्चुअल माध्यमबाट हुने साधारणसभामा सहभागिताका लागि जुम एप डाउनलोड गर्नुहोला। 

Zoom ID :- 6479422942

Password :-123456