पुनरावेदन अदालतद्वारा बागलुङ नगरपालिका कार्यकारी प्रमुखलाई लिखित जवाफ पेश गर्न आदेश


राजेशचन्द्र राजभण्डारी

बागलुङ,भाद्र ९-
बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले आफूले खाइपाइ आएको तलब कटौती गरेको भन्दै कार्यकारी अधिकृत जगन्नाथ लामिछाने विरुद्ध दिएको मुद्दाको सम्बन्धमा १५ दिन भित्र लिखित जवाफ पेश गर्न पुनरावेदन अदालत बागलुङले आदेश दिएको छ ।
पुनरावेदन अदालत बागलुङका न्यायाधिश निता गौतम दिक्षितले बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलाई १५ दिन भित्र पुनरावेदन सरकारी वकिल कार्यालय मार्फत लिखित जवाफ पेश गर्न न्यायाधिश गौतम दिक्षितले आदेश दिएका हुन् ।
योजना तथा प्रशासकीय अधिकृतले आफू २०६७ सालमा नगरपालिकाको छैठौं तहबाट बढुवा भई सातौं तहमा प्रमोशन भएदेखि खादै आएको तलब २४ हजार ८ सय ८) वर्तमान कार्यकारी अधिकृत लामिछाने आए पछि विना जानकारी नगरपालिकाको निर्णय विना १५ सय ५० कटौती गरेको भन्दै पुनरावेदन अदालत बागलुङमा न्यायको लागि मुद्दा दर्ता गराएको सुवेदीले बताए ।
निजामती तर्फको शाखा अधिकृत सरहको अधिकृत स्तर छैठौं तहबाट अधिकृतस्तर सातौं तहमा बढुवा भए देखि निजामती सेवा तर्फको शाखा अधिकृत तहको लागि निर्धारण गरेको तलब मान भन्दा एक तह माथिका लागि निर्धारण गरिएको तलब सुविधा उपलब्ध गराउँदै आएकोमा हाल बर्तमान कार्यकारी अधिकृतबाट स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीमा निजामती सेवा तर्फलाई आधारमानी स्थानीय निकायका कर्मचारीलाई तलब निर्धारण गर्नु पर्नेमा स्वास्थ्य सेवा तर्फको हवाला दिएर तलब कटौती गरेको कारण अदालत जानु परेको सुवेदीको जिकिर छ ।