प्रेस युनियनको महाधिवेशनका लागि आर्थिक सहयोग आउन शुरु


पोखरा, ९ भदौ
नेपाल प्रेस युनियनको पोखरामा हुने आठौ महाधिवेशनका लागि आर्थिक सहयोग आउन थालेको छ ।
युनियनको महाधिवेशनको मिति नजिकिदै गर्दा विभन्न पेशा व्यवसाय संघ संस्था सग गरिएको सहयोगको आग्रह सगै सहयोग आउने क्रम शुरु भएको प्रचार संयोजक नविन सिग्देलले जानकारी दिए ।
यसक्रममा आईतबार सभासद् शारदा पौडेल र समाजसेवी तथा पोखरा उद्योग वाणिज्य संघको सदस्यकी प्रत्यासी सीता गुरुङले आर्थिका सहयोग गरेका छन् ।
पौडेलले २५ हजार र गुरुङले पाँच हजार पाँच सय सहयोग गरेका हुन् । उनिहरुले उक्त रकम नेपाल प्रेस युनियनका उपाध्यक्ष तथा महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गंगाधर पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
प्रेस युनियनको महाधिवेशन भदौ  २१ र २२ गते पोखरामा हुदैछ। महाधिवेशन पोखरा सभागृहमा हुने छ ।
महाधिवेशनका सहभागिका लागि आवश्यक होटल बुकिड्ड, प्रचार प्रसार र सचिवालयको व्यवस्थापन लगायतका काम तिव्र गतिमा अगाडि वढेको छ ।
महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै एक हजार पाँच सय जना सहभागि हुने अनुमान गरिएको छ ।
महाधिवेशन सम्पन्न गर्न झण्डै चालिस लाख रुपैया खर्च लाग्ने बताइएको छ। सरकारले महाधिवेशनका लागि १० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ । यद्यपी अपुग रकम भने स्थानीय तहबाट नै संकलन गरिने बताइएको छ ।