मेसीको २ गोलको मद्दतले बार्सिलोनाको जित ,सिजनको सफल शुरुवात


बसन्त रानाभाट

बार्सिलोना –

अर्जेन्टिनाका लियोनल मेसीको २ गोलको मद्धतले बार्सिलोनाले ला- लिगाको सफल शुरुवात गरेको छ। लिगाको पहिलो खेलमा नै घरेलु मैदानमा १० खेलाडिमा सिमित रहेको बार्सिलोना मेसिका जादुय प्रदशनले ३ अंक बटुल्न सफल भएको हो।

1408913877_extras_mosaico_noticia_2_g_0

खेलको ४२ औ र ६३ औ मिनेटमा मेसीले एल्चे बिरुद्द गोल गरेका हुन्।
दोस्रो हाफमा शुरुवातमा नै बार्सिलोनाका लागि मुनिरले दोस्रो गोल गरेका थिए। तर पहिलो हाफको ४३ औ मिनेटमा मार्सेरानोले गरेको फललाई रेफ्रीले सिधै रेड कार्ड दिदा घरेलु दर्शक स्तब्ध बनेका थिए। एल्चेको तर्फबाट कुनै पनि गोल नभए पछि खेल ३-० मा नै टुङ्गिएको थियो।

1408913877_extras_noticia_foton_7_1
जितपछि बार्सिलोनाका लागि यसै बर्ष देखि अनुबन्धित बनेका प्रशिक्षक लुईस एनरिकेले आफ्ना खेलाडीको प्रदशनबाट आफुलाई पूर्ण खुशी तुल्याएको बताएका छन्।

 

1408913877_extras_mosaico_noticia_3_g_01408913877_extras_mosaico_noticia_4_g_0