पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना संक्रमण मुक्त


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामाथप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको छ । हाल देशभरी सकृय संक्रमितको संख्या ३४ हजार ९०५ छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु गरिए । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।