नेपालमा थप ४ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमण पुष्टि


काठमाण्डौ- आज नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।
मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीयाा र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कास्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

आज आइसियुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन ।आज देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।