विश्व शान्ति स्तूपको पाँचौै अधिवेशन सम्पन्न


पोखरा –  विश्व शान्ति स्तूप पोखरा–२२ अनदूको ११ औं वार्षिक साधारण सभा तथा पाँचौै अधिवेशन कोरोना कहरको बीचमा भौतिक दूरी कायम गरी सम्पन्न भएको छ ।

विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले उक्त कार्यक्रमको शुभारम्भ गरेका गर्नुभएको हो । शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत मन्तब्य, सचिव अशोक गुरूङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । धर्मशीला बुध्द विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले समेत शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

दोश्रो सत्रमा सम्पन्न अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित गरेको छ भने अध्यक्षबाट दुई जना सदस्य मनोनीत गरी १३ जनाको कार्य कारिणी समिति गठन गरिएको हो ।

यसैबीच उत्तममान बुद्धाचार्यको अध्यक्षतामा तत्काल बसेको बैठकले आपसी सल्लाहमा नयाँ कार्यसमितिको पद विभाजन गरिएको छ । उपाध्यक्ष अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सह–सचिव चमबहादुर गुरूङ र सह कोषाध्यक्ष अनील रत्न बुध्दाचार्य चयन भएका हुनुभएको छ । सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गाबहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहनु भएको छ ।

प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहनुभएको निर्वाचन समितिमा सदस्यहरू क्या. भुवन सिं गुरूङ र सूबेदार यमबहादुर गुरूङ रहनुभएको थियो ।वि. सं. २०३० भाद्र २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक श्रध्देय फूजी गुरूजी श्रध्देय अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीनबहादुर गुरूङले विश्व शान्ति स्तूपको शिलान्यास गर्नुभएको थियो ।