नेपालमा पछिल्लाे २४ घण्टामा  ८ सय ९९ जना कोरोना भाइरसका संक्रमण पुष्टी


काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा  ८ सय ९९ जना कोरोना भाइरसका संक्रमण पुष्टी भएको छ । ११ हजार १ सय २९ वटा पीसीआर परीक्षणमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जनामा संक्रमण देखिएको हो । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

यसैगरी  पछिल्लाे २४ घण्टामानै कोरोना भाइरस स‌क्रमणबाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षिय, रौतहटमा ४० वर्षिय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।