सगुनको ‘मिनी आइपीओ’ मा लगानी गर्ने अवसर सेप्टेम्बर ३० सम्म


वाशिंगटन डीसी, अगस्ट २९ – संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट अप कम्पनी सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ।  संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशन (SEC) ले यसै वर्षको शुरुमा सगुनलाई रेग ए + मिनी आइपीओ जारी गर्न अनुमति दिएको थियो, जस अनुसार सगुनले नेपाल, उत्तर कोरिया र इरान बाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने छ। 

नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरूको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुको शेयर खरिद गर्न रोक लगाएको छ। 

“सन् २०२० हाम्रा लागि निकै उत्साहपूर्ण र व्यस्त वर्ष रहेको छ,” सगुन इंकका संस्थापक गोविन्द गिरीले भने। यो वर्ष संसारभरिबाट व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले सगुनको शेयर किन्न रुचि देखाउनु भयो।  त्यसैले हामीले दोश्रो  मिनी आइपीओ अन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात् अबको एक महिना सम्म मात्रै खुला गर्ने निधो गरेका छौं। सोहि अवधिभित्र शेयर किनेर सगुनको विश्वव्यापी अभियानलाई सघाउन र निकट भविष्यमा आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिस्चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं ,”उनले भने। 

यो चरणको लगानी जुटाउने अभियान सम्पन्न भएपछि सगुनले आउँदो वर्षको शुरु सम्ममा अमेरिकाको बैकल्पिक दोश्रो धितोपत्र बजारमा सहभागी हुने योजना बनाएको छ ।

https://www.sagoon.com/invest  मा गएर सगुनका शेयरहरु किन्न सकिने छ।  

सगुनप्रति बढ्दो आकर्षण 

  • गएको जनवरी २०२० यता सगुन प्रयोगकर्ताहरुको संख्या ४५ लाखले थपिएको छ भने अहिलेसम्म विश्वव्यापी कुल प्रयोगकर्ताहरुको संख्या ८१ लाख नाघेको छ।  
  •  जनवरी २०२० यता हाम्रा प्रयोगकर्ताहरुले १.२ अर्ब स्मार्ट कोइनहरु जितेका छन् जसमध्ये २२ करोड ८० लाख स्मार्ट कोइनहरु किनमेल गर्न प्रयोग भै रहेका छन्।

व्यापारिक साझेदारहरु

नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगुन लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसंग सगुनको साझेदारी पनि बढी रहेको छ।  नेपालमा प्रभु बैंक, भाटभटेनी, फेवा बजारसंग सहकार्य भै रहेको छ भने मिनिसो, नबिल बैंक र अमेजन इन्डियासंग सहकार्यको प्रक्रिया अगाडी बढेको छ ।

सगुनले आउँदो चार महिना भित्र च्याटिंग, मनोरन्जनात्मक भिडियो र किनमेल गर्न सघाउने फिचरहरु सहितका थुप्रै उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ। 

“सगुनको विश्वव्यापी टिममा हालै प्रतिष्ठित तथा व्यावसायिक व्यक्तिहरु जोडिनु भएको छ, जसबारे हामी छिट्टै जानकारी गराउने छौं।  हाम्रा प्रयोगकर्ताहरुका लागि राम्रो उत्पादन उपलब्ध गराउन हाम्रो टिमले रात दिन काम गरिरहेको छ।  अहिले हरेक महिना दस लाख नयाँ प्रयोगकर्ताहरु सगुनसंग जोडिइ रहनु भएको छ र नेपालमा सबैभन्दा बढी डाउनलोड गरिने एपहरु मध्ये सगुन पाँचौं स्थानमा पुगेको छ।  हामीप्रति स्नेह र विश्वास देखाउनु हुने सबै आदरणीय प्रयोगकर्ताहरु प्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौं,” सगुनका संस्थापक गिरीले भने।  

थप जानकारीका लागि सम्पर्क : media@sagoon.com

जय सगुन !

गोविन्द गिरी 

संस्थापक 

सगुन इंक 

संयुक्त राज्य अमेरिका