नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु


काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको बताए  । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता  गौतमले स‌क्रमित हुनेमा २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेको बताए । यससँगै हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

 नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएर घर फर्किएका छन्।

नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 मन्त्रालयका प्रवक्ता  गौतमले कोभिड १९ संक्रमणका कारण  पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको बताए समेत बताएका छन् । जसमध्ये झापाका एक जना ५८ वर्षीय पुरुष, पर्साका एक जना ५६ वर्षीय महिला र सर्लाहीका एक जना ३३ वर्षीय महिला रहेका छन् । यससँगै हाल सम्म नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ सय ४९ पुगेको छ ।