नेपालमा एकैदिन ८सय ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि


काठमाण्डौ – नेपालमा शुक्रवार एकैदिन ८३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रवार १९२ जना महिला तथा ५४६ जना गरी ८३८ नयाँ संक्रमित थपिएको बताउनु भयो ।

उहाँका अनुसार ईलामका ४, उदयपुरका २, झापाका ७, ताप्लेजुङका १, पाँचथरका १, मोरङका ४५, सुनसरीका २९, धनुषाका ३, पर्साका ८०, बाराका ४०, रौतहटका ११, सप्तरीका ५, सुर्लाहीका २४, सिराहाका १६, काठमाडौंका १४२ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, चितवनका २३, दोलखाका १, धादिङका १, नुवाकोटका २, भक्तपुरका १५, मकवानपुरका ३२, रसुवाका १, ललितपुरका २५, सिन्धुलीका ८, कास्कीका १, नवलपरासी पूर्वका १९, पर्वतका १, मनाङका २, बाग्लुङका ३, स्याङ्जाका १, अर्घाखाँचीका १, कपिलवस्तुका २, गुल्मीका १, दाङका ४, पाल्पाका १, प्यूठानका ६, बर्दियाका ६, बाँकेका २०, रुपन्देहीका १७, रोल्पाका १ जनामा संक्रमण पुष्टि भएको डा.गौतमले बताउनु भयो ।

यस्तै, कालिकोटका १, जुम्लाका ५३, दैलेखका १, रुकुम पश्चिमका ३, अछामका ३८, कञ्चनपुरका १४, कैलालीका ८५, डडेल्धुराका २, डोटीका ३४, बैतडीका तीन जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४

नियमित प्रेस ब्रिफिङमा डा.गौतमले बितेको २४ घन्टामा २५० जना निको भएर घर फर्किएका बताउनु भयो । योसहित नेपालमा कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

ज्यान गुमाउनेको संख्या १३७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार कोरोनाभाइरस संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

योसहित नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको प्रवक्ता डा.गौतमले बताउनु भयो । उहाँका अनुसार मृतकमा १ महिला तथा १० पुरुष रहेका छन् । मृतकमा मोरङका १, पर्साका १, सप्तरीका १, बाराका १, सर्लाहीका १, काठमाडौंका १, ललितपुरका १, चितवनका १, मकवानपुरका १, दोलखाका १, प्यूठानका १ जना रहेका छन् ।

देशभर अहिले १२ हजार १३२ वटा संक्रमण केस रहेका मन्त्रालयले बताएको छ । गम्भिर प्रकृतिका १३३ जनाको आईसियूमा र १५ जनाको भेन्टिलेटरमा राखेर उपचा भईरहेको छ । प्रदेश १ मा ११६, प्रदेश २ मा ४६, वागमती प्रदेशमा ५२, गण्डकीमा ६ तथा प्रदेश ५ मा १३ जना आईसियूमा रहेका छन् । वागमती प्रदेशमा १५ जना भेन्लिेटरमा रहेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परिक्षण गरिएको छ भने ५ लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । देशभर क्वारेन्टाईनमा १२ हजार २३४ जना रहेका छन् भने १२ हजार १३२ जना आईसोलेसनमा रहेका छन् ।