सर्वोच्चको फैसलापछि सशस्त्रका पूर्वडीआईजी कोइराला रिहा


काठमाडौँ । पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ कारागारमा रहेका सशस्त्रका पूर्वडीआईजी रन्जन कोइराला रिहा भएका छन् ।श्रीमती गीता ढकालको विभत्स हत्या गरेको आरोपमा २०६८ माघ ८ गते पक्राउ परेका कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला बिहीबार कैदमुक्त्त भएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो।

कोइराला मकवानपुरको टिस्टुङ पालुङमा पत्नीको हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौँबाट पक्राउ परेका थिए।सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हो। 

आफ्नै श्रीमतीको हत्यामा जेल सजाय काटेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि सरकारले निवेदन दिने भएको छ।

बिहीबार महान्यायाधिवक्ताको कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार बिहीबार मात्रै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो। 

श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालाको कैद सजाय सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएको थियो । 

facebook sharing button
twitter sharing button