पर्वतका रमेशबहादुर पोर्चुगलमै अस्ताए !


लिस्बन । पर्वतका रमेशबहादुर रेग्मीको पोर्चुगलमा असमायिक निधन भएको छ। मृतक रेग्मी विगत ५ बर्षदेखि पोर्तुगलको अलेन्तेजु स्थित अल्मोग्राभ बस्दै आएका थिए। उनको १९ जुलाइ आइतवार विहान निधन भएको हो ।
 
रेग्मीमा श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) पोखरामा रहेको पारिवारिक श्रोतले जनाएको छ । उनीहरू पोर्तुगल आउने तयारीमा रहेका तर कोरोनाका कारण लकडाउनले रोकिएका थिए ।
 
पोर्तुगलमा नेपालीहरुको असामयिक निधन हुने क्रम दिन प्रतिदिन बढ्दा समुदायमा चिन्ता छाएको छ । सन् २०१० यता पोर्चुगलमा ३८ जना नेपालीले ज्यान गुमाईसकेका छन् ।