नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेकाे स‌ख्या ३८ पुग्याे


काठमाण्डौ – नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेकाे स‌ख्या ३८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले शनिवार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको र मृतकको संख्या ३८ पुगेको जानकारी दिनुभएको छ । डा. गौतमका अनुसार काठमाडौं महानगरपालिका वडा नं १० का एक पुरुष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षिय पुरुष र काठमाडौं गोकर्णेश्वरका ७७ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको हो ।

बितेको २४ घन्टामा ३ हजार ६४८ जनाको पीसीआर परिक्षण गरिएको छ । उनिहरु मध्य ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । कुल संक्रमित मध्य ८ हजार २३९ वटा केसहरु सक्रिय अवस्थामा रहेका छन् भने अन्यको अवस्था सामान्य रहेको छ ।
धरानमा गरिएको परिक्षणमा झापाका २, सिरहाका १, सुनसरीका ४, उदयपुरका ४, विराटनगरमा गरिएको परिक्षणमा मोरङका ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३, सिन्धुपाल्चोकका ५ जनामा संक्रमण पोजेटिभ देखिएको डा. गौतमले जानकारी दिनुभयो ।
चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका १ हेटौंडामा गरिएको परिक्षणमा सिन्धुलीका १, रौतहटका १, पाटन अस्पतालमा गरिएको परिक्षणमा धादिङका १, पर्वतका १, स्याङजाका १ जनामा संक्रमण पोजेटिभ देखिएको डा. गौतमले बताउनु भयो ।
रुपन्देहीमा गरिएको परिक्षणमा पाल्पाका १, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका २, बर्दियाका २, दाङका २ जानामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा दाङका ३, चौरजहारी नगरपालिकामा गरिएको परिक्षणमा रुकुम पश्चिमका १, सुर्खेतका गरिएको परिक्षणमा सुर्खेतका ३ तथा सल्यानका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा जुम्लाका २, सेती अस्पतालमा गरिएको परिक्षणमा अछामका १, कञ्चनपुरका ४ जनामा संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।
यसैगरी स‌क्रमण निको हुनेहरुको संख्या शविारर ४३१ थपिएसंगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म देशभर २ लाख ७९ हजार ५९९ जनाको पीसीआर परिक्षण गरिएको छ । २ लाख ६२ हजार ८८० जनाको पीसीआर नतिजा नेगेटिभ देखिएको छ