नेपालमा सोमवार मात्रै ४ सय ५१ जना नयाँ संक्रमित पुष्टि


पोखरा – नेपालमा कोरोनाभाइरसबाट सोमवार ४५१ जना नयाँ संक्रमित पुष्टि भएपछि  संक्रमित हुनेको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ६ हजार २११ पुगेको जानकारी दिनुभएको हो । संक्रमितहरुमा ५ हजार ७४० जना पुरुष रहेका छन् भने ४७१ महिला रहेका छन् । पछिल्लो २४ घन्टामा नयाँ पुष्टि भएकाहरुमा ४१६ पुरुष र ३५ जना महिला रहेका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

विराटनगरमा गरिएको परिक्षणमा मोरङकि एक महिला, नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साकि एक महिलासहित १० जना, रौतहटका एक पुरुष, सेती अस्पतालमा गरिएको परिक्षणमा अछामका ३ जना, कैलालीकि एक महिला, एक पुरुष, डोटीकि एक महिला तथा ३ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका ५ जना, बर्दियाका २ महिलासहित १४ जना पुरुष, प्यूठानका २ महिला तथा एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञद्दान प्रतिठानमा गरिएको परिक्षणमा दैलेखकि एक महिला,४ पुरुष, जनकपुरमा गरिएको परिक्षणमा महोत्तरीका २० पुरुष र धनुषाका ४ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा नुवाकोटका २ महिला, एक पुरुष, अर्घाखाँचीका ३ पुरुष, चितवनकि एक महिलामा संक्रमण पोजेटिभ देखिएको छ । रुपन्देहीमा गरिएको परिक्षणमा गुल्मीका २ र रुपन्देहीका ५ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालमा भएको परिक्षणमा सुनसरीकि एक महिला, दुई पुरुष, मोरङका दुई महिला सहित १९ जना पुरुष, झापाका एक पुरुष, सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका ३ महिला, ८५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । धुलिखेलमा गरिएको परिक्षणमा रोल्पाका ४ पुरुष, काठमाडौंका एक पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ७ महिला र ३६ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १, हेटौंडामा गरिएको परिक्षणमा रौतहटका २ महिला, ३३ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणमा धादिङका ९ पुरुष, काठमाडौंका एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । ललितपुरको पाटन अस्पतालमा भएको परिक्षणमा एक महिला, काठमाडौंका २ महिलामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा बाराका एक पुरुष, गुल्मीका ७ जना, कपिलवस्तुका १ जना, महोत्तरीका १० जना, पाल्पाका १० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटका २ महिला, ७४ पुरुष, रुपन्देहीका २ महिला, ५ पुरुष, सर्लाहीका २३ पुरुष तथा सिराहाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

निको हुनेहरुको संख्या १०१४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेका २४ घन्टामा कोरोनालाई जित्नेहरुको संख्या ६७ रहेको छ । यो सहित अस्पतालबाट हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । निको भएकाहरुमा ९३७ पुरुष तथा १०४ जना महिला रहेका छन् ।

मन्त्रालयको पछिल्ला तथ्यांकका अनुसार देशभर १ लाख ३८ हजार ६८३ जनाको पीसीआर परिक्षण गरिएकोे छ । २ लाख १९ हजार ३३६ जनाको आरडीटी परिक्षण गरिएको छ भने १ लाख ३२ हजार ४७२ जनाको नतिजा नेगेटिभ देखिएको छ । हालसम्म कोरोनाको कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।