प्राज्ञ सरुभक्त श्रेष्ठलाई पितृ शोक


पोखरा, ७ भदौँ
प्राज्ञ सरुभक्त श्रेष्ठलाई पितृ शोक परेको छ । सरुभक्तका ७६ वर्षीय पिता गणेश श्रेष्ठको    गएराति १.३० बजे काठमाडौँको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
उहाँ केही दिनदेखि छाती तथा फोक्सोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

सात दिनअघि  पोखरास्थित मणिपाल अस्पतालमा,श्रेष्ठको उपचार सम्भव नभएपछि  हेलिकप्टरबाट  काठमाडौ लगिएको थियो । उहाँको १ श्रीमती, ५ छोरा, २ छोरी र १२ नातिनातिनी हुनुहुन्छ ।

यसैबिच सरुभक्त श्रेष्ठका साईला भाई तथा कसमस इन्टरनेश्नल कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठलाई परेको पित्तृ शोक प्रति पोखरा गैह््रापाटनमा रहेको कसमस इन्टरनेश्नल कलेजले दु ः ख व्यक्त गरेको छ ।