प्रेस युनियनको महाधिवेशनको तयारी तिव्र पारिदै


पोखरा,  भदौ ७-

नेपाल प्रेस युनियनको पोखरामा हुने आठौ महाधिवेशनको तयारी तिव्र पार्न थालिएको छ।
महाधिवेशनको मिति नजिकिदैगर्दा तयारीलाई तिव्र पार्न थालिएको हो। महाधिवेशन भदौ २१ र २२ गते पोखरामा हुदैछ। तयारी तिव्र पार्ने क्रममा पोखरामा शुक्रबार छिमेकी जिल्लाका प्रेस युनियनका पदाधिकारीहरुको भेला गरिएको छ।
भेलामा स्याङ्जा, तनहुँ, गोर्खा, वाग्लुड्ड र म्याग्दी लगायतका जिल्लाका पदाधिकारीहरु सहभागि थिए। भेलामा छिमेकी जिल्लाका पदाधिकारीहरुले पोखरामा हुने महाधिवेशनलाई आफ्नो जिल्लाबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्वता व्यत्त गरेको प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए।
भेलामा नेपाल प्रेस युनियनका महासचिव शिव लम्सालले निर्धारित समयमा नै महाधिवेशन हुनेभन्दै कुनै शंका नगर्न आग्रह गरे। नेपाल प्रेस युनियनका उपाध्यक्ष एवं महाधिवेशन स्थानीय व्यवस्थापन समितिका संयोजक गङ्गाधर पराजुलीले दिन राति केहि नभनि सिड्डो कास्की जिल्ला महाधिवेशनको तयारीमा होमिएको बताए।
भेलामा नेपाल पत्रकार महासङ्घका पुर्वकेन्द्रीय सदस्य रवीन्द्र बाँस्तोला, स्थानीय व्यवस्थापन समितिका सहसंयोजक रमेश पौेडेल, नेपाल पत्रकार महासङ्घका पुर्वउपसभापति राजबहादुर गुरुङ, प्रेस युनियन कास्कीका पुर्वअध्यक्ष हेमराज बरालले पोखरा हुने महाधिवेशनलाई सफल बनाउन कुनै कसर बाँकि नराख्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यहरु अजयबाबु सिवाकोटी, शिव देवकोटा, देवेन्द्र बम, अञ्चल सचिव टङक अधिकारी, स्याङ्जाका श्रीकृष्ण सिग्देल, बाग्लुड्डका ज्ञानेन्द्र गौतम, नरेश कँडेल, दिलिप पौडेल, पर्वतका ओम घायल, छविलाल तिवारी, तनहुँका डम्बर अधिकारी, गोरखाका प्रकाश ढकाल, म्याग्दीका गोपाल छन्त्याल, कास्कीका ऋषि पौडेल, यदुनाथ बञ्जरा र सरीता तिमिल्सिनाले विभिन्न सुझावहरु राखेका थिए।
नेपाल प्रेस युनियनका उपाध्यक्ष एवं महाधिवेशन स्थानीय व्यवस्थापन समितिका संयोजक गङ्गाधर पराजुलीको अध्यक्षतामा सम्पन्न भेलामा कास्कीका सभापति शिरोमणी बरालले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम संचालन गरेका थिए। यसअघि असार ४ र ५ गते हुने भनिएको महाधिवेशन तयारीका लागि समय कम भएभन्दै महाधिवेशनको मिति भदौ २१ र २२ का लागि सारिएको हो।