अपालाको गर गहना पोखराको ग्राण्ड होटलमा प्रर्दशनी


दिननाथ बराल
पोखरा , भदौ
नेपाली नारीहरुको महान पर्व हरितातिका तिज पर्वको पुर्व अवसरमा काठमाण्डौको अपाला द हाउस अफ एक्स्युकिसिभ ज्वेलर्सले पोखरामा दुई दिने गर गहना प्रदर्शनी सुक्रबार देखि सुरु गरेको छ ।
पोखराको ग्राण्ड होटलमा आयोजना भएको प्रर्दशनीमा पोखरेलीहरुको मन जित्न तथा पोखराको बजार बुझन पनि पोखरामा पहिलो पटक तिज पर्वको अवसरमा गहना प्रदशर््ान गरेको ज्वेलर्सका संचालक मध्यका एक ऋषि अग्रवालले बताए । उक्त ज्वेलर्स नेपालकै पहिलो बुटिक स्टुडियो भएको अग्रवालले दाबी गरे ।
पोखराको मार्केट बुझेर पोखरामा शाखा विस्तार गर्ने वा के कसरी जाने भन्ने बारे उपभोक्ताको माग अनुसार आफुहरुले सेवा विस्तार गर्ने योजनामा भएको अर्काे संचालक श्रीयुक्त थपलीया पाण्डेले बताईन । उनले भनीन “हामी जितको अवसरमा मार्केट बुझन पोखरामा पहिलो पटक आएका हौ । ” आफ्ना ग्राहकहरुको सङख्यामा बृद्धि गराउने उद्धेश्यले उपभोक्ताहरुको ईच्छा र चाहाना अनुसारका डिजाईनका गर गहना दिन आफुहरु प्रतिवद्ध भएको पाण्डेले बताईन ।
अपालामा विभिन्न किसिमको रत्न जडित औठी, बिषेश प्रकारले तयार गरेको ब्रासलेट, बहुमुल्य धातु जडित कफलिङस र घडीको साथ फरक शैलीका गर गहना उपलब्ध गराउने भएको उनले दाबी गरीन ।
अपालामा पुराना गहनालाई पनि नयाँ डिजाईनमा परिवर्तन गर्ने, अपालाले आफ्नो गुुणस्तरमा कहिलै सम्झौता नगर्ने, उपभोक्ताको चाहना अनुसारका उत्कृष्ट गर गहना तयार पार्न आफुहरुको मुख्य बिषेशता रहेको पाण्डेले दाबी गरीन । प्रर्दशनीमा १५ हजार देखि २० लाख मुल्य बराबरको गर गहना राखिएको उनले बताईन ।