सहकारीको जिम्मेवारी शेयर सदस्यले नै लिनुपर्ने–प्राचार्य


कृष्ण रानाभाट,

पोखरा भदौ,७

सहकारी संस्थाहरु जति निति नियम मिचेर संचालन हुन्छन्। त्यति नै जोखिममा हुन्छन् भन्दै सहकारी सस्ंथा स्वायत्त संस्था भएकोले धेरै निर्णय सहकारी आफैले गर्न सक्ने भएकाले सहकारीका शेयर सदस्य नै चनाखो हुनुपर्ने एक कार्याक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायण प्रसाद अर्यालले वताएका हुन्।
शनिबार पोखरा १७ डेभिडफल्समा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा तथा तेस्रो अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले सहकारी संस्थाहरुले रहर र लहडको भरमा शेयर सदस्यता वितरण गरेका कारण शेयर सदस्यहरुमा उत्साह नदेखिएको वताए। साथै सहकारी संस्थाहरुले पनि अरुको देखासिखि गर्दै निति नियम मिचेर्रै भए पनि शेयर सदस्यहरुलाई बढि वोनस दिने उद्धेश्य राख्नुले उनिहरुमा जोस जाँगर नभएको वताए।
विभिन्न संस्थाले सहकारीहरुले गर्नै पर्ने अध्ययन भ्रमण, सामाजिक सुरक्षा कोष लगाएतका कार्यहरु गर्नुपर्ने सरकारको नितिलाई वेवास्था गर्ने गरेको पाइएको भन्दै सरकार िनिति नियम अनुरुप निम्न आय भएका भुमिहिन, सुकुम्वासी, कृषक, वेरोजगार युवा, एउटै पेशा व्यवसाय भएका व्यक्तिहरुको समुहले सहकारीहरु संचालन गर्ने हो भने नभएका शिर्षकमा खर्च देखाएर धेरै वोनस वितरण गर्नु नपर्ने वताए।
कार्यक्रममा शेयर सदस्यहरुको उपस्थिति न्युन भएको प्रति लक्षित गर्दै साधारण सभामा शेयर सदस्यहरुको कम्तिमा २५५ सदस्य उपस्थित हुनुपर्ने अन्यथा साधारण सभाले पास गरेका नियमहरु लाई मान्यता दिन नसकिने वताए।
संस्थाका अध्यक्ष लक्ष्मण वाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा गुप्तेश्वर महादेव गुफाका अध्यक्ष खगराज आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य शुष्मा पौडेल, छोरेपाटन उच्च माविका अध्यक्ष टिकाराम पौडेल, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष ऋतुनाथ लम्साल, डेभिडफल टोल विकास संस्थाका अध्यक्ष दिपेन्द्र पौडेल, निलगिरि वचत तथा ऋण सहकारीका अध्यक्ष कालिदास पौडेल, गुप्तेश्वर वचत तथा ऋण सहकारीका अध्यक्ष सीता वराल र शेयर सदस्य पृथ्वीनारायण पौडेलले शुभकामना व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष लक्ष्मण वास्तोलाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रमको सचिव सागर अधिकारीले संचालन र स्वागत उपाध्यक्ष प्रविण पौडेलले गरेका थिए।