गण्डकीमा ५ हजार ८८२ जनाको आरडीटी परिक्षण


पोखरा –
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकास्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले कोभिड १९ को संक्रमण तथा व्यवस्थापनका लागि स्थापना भएको एम्वुलेन्स व्यवस्थापन समितिका संयोजक, प्रतिनिधिहरुसंग छलफल गर्नुभएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ का वार्षिक कार्यक्रमका बारेमा समिक्षा गरिएको छ भने कोभिड १९ र अन्य संक्रामक रोगसंग सम्वन्धित कार्यक्रमहरुको बारेमा योजना निर्माणका बारेमा छलफल गरिएको छ ।

काठमाडौंमा बसोबास गर्ने म्याग्देलीबाट म्याग्दीका लागि प्राप्त भएका स्वाास्थ्य सुरक्षा सामग्री प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । आईतवार गण्डकी गाउँपालिकाको भुम्लिचोक, गोरखामा कोभिड १९ को रोकथाम, नियन्त्रणका साथै दादुरा रुबेला रोगको खोप अभियान सम्वन्धि पालिकास्तरीय खोप समन्वय समितिको १ दिने अभिमुखिकरण गरिएको छ ।

आईतवार पोखरामा कसैको पनि पीसीआर परिक्षण नभएको बताईएको छ । अहिलेसम्म गण्डकीमा ६३५ जनाको नमूना संकलन गरिएको छ भने ति मध्य ६३३ जनाको परिक्षण परिणाम नेगेटिभ देखिएको छ । २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।कोरोनाभाइरसको संक्रमण कसैमा छैन ।

अहिलेसम्म गण्डकीमा ५ हजार ८८२ जनाको आरडीटी परिक्षण गरिएको छ । आईतवार ४८ जनाको परिक्षण गरिएको थियो । यस्तै हेल्लो डाक्टर १०९२ मा ७७५ जनाले फोन गरेर चिकित्सकिय परामर्श तथा विशेषज्ञ सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैबिच गण्डकी प्रदेशमा ५ जनालाई डेंगु देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा १ र म्याग्दीका ४ जनामा डेंगु देखिएको हो ।