राष्ट्रपतिद्दारा सङ्घीय संसद्को अधिवेशन आह्वान


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही वैशाख २६ गते अपराह्न ४ बजे आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

वैशाख २६ गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।