ककटेल डिनर पुरस्कार राखिएको पत्रकारहरुको ध्यानाकर्षण


पोखरा, ६ भदौ
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा बिहीबारदेखि पोखराको लेकसाईडमा संचालन भएको विच भलिवल प्रतियोगिता अन्र्तगत पत्रकारहरु विचको खेलमा विजेता टोलीलाई कक्टेल डिनर प्रदान गरिने संघको निर्णय प्रति पत्रकारहरुले आपत्ति जनाएका छन् ।
अन्य प्रतिष्पर्धामा सम्मानित पुरस्कार राखिएपनि पत्रकारबीचको प्रतियोगितामा ककटेल डिनर राखेर पत्रकारको अपमानित गर्न खोजेको भन्दै उनीहरुले यसप्रति आफूहरुको ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जनाएको छ । उनीहरुले सस्तो लोकप्रियताका लागि कार्यक्रम राखेर पुरस्कारको नाममा कक्टेल डिनर नराख्न सुझाव पनि दिएका छन् । विज्ञप्तीमा प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनकै क्रममा पुरस्कार ककटेल डिनर नराख्न , सन्देश श्रेष्ठ,दिननाथ वराल लगायतका पत्रकारहरुले ध्यानाकर्षण गराएका थिए ।
विज्ञप्ती जारी गर्ने पत्रकारहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवम् खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, मञ्चका कास्की अध्यक्ष विनोद लामिछाने, कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य दिननाथ बराल, फोटो पत्रकार सुदर्शन रञ्जित, राम गुरुङ, सन्देश श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार संघ कास्कीका कोषाध्यक्ष अशेष शाक्य, उमेश पुन लगायत रहेका छन् ।
यसैबीच, प्रतिष्पर्धाका बिजेता विनोद लामिछानेको टोलीले कक्टेल डिनरको पुरस्कार बहिस्कार गर्ने घोषणा गरेको छ