रेडियो स्पेन नेपालको तिज बिशेष बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना
तस्बिर :- भोला लामिछाने

स्पेनको बार्सिलोनाबाट सञ्चालित “रेडियो स्पेन नेपाल” अनलाइन रेडियोले हरितालिका तिजको अबसरमा महिला दिदी बहिनीहरुसँग अन्तरक्रिया तथा बहस कार्यक्रम सम्पन्न गरेको छ ।
“तीजलाई सभ्य र भब्य रुपमा मानाऔ ,भित्रिएका बिकृति र बिसङ्गतिलाई हटाऊ ” भन्दै रेडियोले बिहिबार बार्सिलोनामा कार्यक्रम गरेको हो ।

देशमा मात्र हैन अहिले बिदेशमा पनि तिज आउन महिनौ अगाडिबाट दर खाने , होटलमा गएर दरको नाम खर्चिलो गर्ने र तिजकै लागी भनेर महंगा गर-गहना र लत्ता कपडा खरिद गर्ने फेसन नै चली रहेको बेला तिजलाई सामन्य रुपमा मनाउनु पर्छ भन्दै रेडियोले बहस चलाएको हो ।

_DSC4873

अन्तरक्रिया कार्यक्रममा बोल्दै तमु समाज स्पैनकी अध्यक्ष ज्योति गुरुङले तिजमा तडकभडक भन्दा पनि सामन्य रुपमा मनाउदा यसको महत्व अझ बढ्ने बताएकी छन् । उनले भनिन् बार्सिलोनामा पनि महिलाहरुले राखेका दर खाने छुट्टाछुट्टै कार्यक्रम हुनु भन्दा शुल्क निर्धारण गरे पनि सबैले सहभागिता जनाउन सक्ने गरी राख्नु पर्ने बताईन् । कसैले होटेल वा पार्कमा दर खाने कार्यक्रम राख्छ भने समुहगत रुपले जानु हुदैन सबैलाई खबर गर्नु पर्छ उनको भनाई थियो ।

_DSC4876

एनआरएनए स्पेन महिला फोरम संयोजक शितल भुर्तेल भुसालले रेडियोले यसरी बहस गरिदिदा आफुहरु अझ एकजुट भएर जान प्रेरणा मिलेको बताइन् । उनले भनिन् सामन्य घरमा राखिएको दर कार्यक्रमलाई दर बढ़ी खाईयो भन्नु त्यती उचित नहोला , मलाई कसैले घरमा बोलाउछ म जान्छु अनि मैले पनि उसलाई घरमा बोलाउछु यसलाई दर बढि भयो भन्न मिल्दैन। तर शुल्क नै तिरेर धेरै पटक होटेल बा पार्कमा दर खाईन्छ भने त्यसलाई रोक्नु पर्छ उनले भनिन् शुल्क निर्धारण गरेर कार्यक्रम राखे पनि फोरमले एउटा मात्र राख्छ सबैलाई खबर पनि गरेको छ । तर यस अघि सम्पन्न फोरमको कार्यक्रम भने तिजको दर नभई समर पिकनिक भएको बताउदै आगामी बर्ष अझ तिजका कार्यक्रमलाई फोरमले ब्यबस्थित गर्ने प्रतिबद्दता ब्यक्त गरिन् ।

_DSC4881

फोरमकी सल्लाहकार सरला सापकोटाले तिजको बिषयमा उठेको कुराहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताइन् । तर उनले मिडीया प्रति गुनासो गर्दे भनिन् , तपाईहरु पनि कसले गहना लागेको छ ,को राम्री छ त्यसको तस्बिर लिनु हुन्छ तर राम्रो बिचार र भाबानालाई किन समेट्नु हुन्न ? अनि फेरि सामाजिक संजालहरुमा पनि एउटा राम्रो बिचार राख्दा बेवास्ता हुन्छ तर एउटा साडी लगाएको फोटो हाल्दा लाईक र कमेन्टको लहर चल्छ ।

_DSC4880

कार्यक्रममा तमु समाज स्पेनकी कार्यबाहक महासचिब दिपा गुरुङ, फोरम सदस्य बिनिता रेग्मी खनाल,सुजिता श्रेष्ठ ,अन्तरास्ट्रिय कलाकार मन्च स्पेनकी कोषाध्यक्ष सुमित्रा घिमिरे सापकोटा लगायतले तिज बारे आफ्नो पुरानो सम्झना, महत्व देखिएका बिकृति बारे धारणा राखेका थिए । केही सहभागीहरुले आगमी बर्ष देखि महिला फोरमलाई बार्सिलोनामा तिज बिशेष कार्यक्रम गर्ने बाताबरण मिलाई दिन एनआरएनए स्पेन सँग माग समेत गरेका छन् ।

_DSC4877

रेडियोले २ घण्टा सम्म प्रतत्क्षप्रसारण गरेको कार्यक्रममा सहभागीहरुले तिजका गित संगित समेत प्रस्तुत गरेका थिए ।
बार्सिलोनामा धेरै औपचारिक कार्यक्रमहरु भईरहेको र तिज धेरै नजिक आईसकेको कारणले गर्दा अन्तरक्रिया कार्यक्रमलाई खुल्ला रुपमा राख्न नसकेको जनाउदै आगामी बर्ष देखि सबै महिलाहरुको आवाजलाई पनि समेट्ने गरि कार्यक्रम तय गर्ने रेडियोले जनाएको छ ।

कार्यक्रममा रेडियो संचालक समितिका सदस्यहरु हेमन्त रानाभाट, सन्तोष श्रेष्ठ, सुनिल रानाभाट ,भोला लामिछाने सम्पूर्ण दिदीबहिनीहरुलाई तिजको शुभकामना दिदै आ -आफ्नो बिचार राखेका थिए । अर्का संचालक सदस्य बसन्त रानाभाटले कार्यक्रमको संचालन गरेका थिए ।

_DSC4913_DSC4910_DSC4905_DSC4897_DSC4889_DSC4883

तपाईको प्रतिक्रिया