बाढी पहिरो पिडितको लागि स्पेनमा करिब ३ लाख ३० हजार (२६२५ युरो ) संकलन,२ हप्ता भित्रमै राहत बाड्ने


बसन्त रानाभाट
बार्सिलोना –
गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले पहिरो पीडितको सहयोगार्थ करिब ३ लाख ३० हजार रुपैया (२,६२५ युरो ) संकलन गरेको छ ।
नेवारी समाज (पासा पुच) स्पेनले ५५९ युरो, र तमु समाजले ३०१ युरो सहयोग रकम जुटाए पछि संघले ठुलो रकम संकलन गर्न सफल भएको हो ।
दैविक बिपत्तीबाट बिभिन्न भागमा बाढी पहिरोको कारण देशनै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले स्पेनमा रहेका नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको थियो ।
गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ-आफ्नो तबरबाट सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरे पछि स्पेनमा पनि राहत रकम संकलन गरिएको थियो ।
गैर आबासीय नेपाली संघका महासचिव कुमार पन्तले स्पेनमा यति धेरै रकम जुटेकोमा खुशी व्यक्त गरेका छन् । युरोपमा नै अहिले सम्म बढी रकम उठेको स्पेनमा हो भनी सोधिएको प्रश्नमा पन्तले नेपालीनेपाली डटकमलाई भनेका छन् ” स्विज़रल्याण्डमा पनि ३ लाख भन्दा बढी रकम उठेको छ । म स्पेनमा राहत जुटाउन सहयोग गर्ने र खटिने सबैलाई धन्यबाद दिन चाहन्छु । तपाईले चाहनु भएको जस्तो पिडितलाई राहत दिन हामी अबको २ हप्ता भित्रमा आफै गएर राहत बाड्ने छौ,रकम संकलन समितिका संयोजक समेत रहेका पन्तले बताए । हालसम्म गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिबाट करिब २५ लाख रुपैंया जम्मा भएको एनआरएनले जनाएको छ ।

अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहाकार पुष्प राज तिमिल्सिनाले स्पेनमा सहयोगको लागी नेपाली समुदाय सधै एकजुट हुने बताएका छन् । तिमिल्सिनाले भने बिगतमा होस् वा अहिले स्पेनका रहेका नेपालीहरुको मन सहयोगी छ ।
गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दिपक खरेलले उठेको रकम सरकारको राहत कोषमा राख्ने हो भने रकम हिनामिना हुने र पिडितले नपाउने खतरा भएकोले एनआरएन आफैले राहत बितरण गर्नु पर्ने बताएका छन् । यसको लागि आफुले केन्द्रलाई ईमेल मार्फत जानकारी गराएको र सजक बनाएको उनले बताएका छन् ।
राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एक राज गिरीले अभियानमा साथ दिने संघ सस्था ,नेपाली समुदाय, पत्राकार, समितिका पदाधिकारी सबैलाई धन्यबाद ब्यक्त गरे । उठेको रकमले कसैको आशु पुछन सघाहोस् भन्दै गिरीले आउदा दिनमा पनि यस्तै सहयोग मिल्ने अपेक्षा राखेका छन् ।
तमु समाज स्पेनकी अध्यक्ष ज्योति गुरुङले भनिन् सहयोग कति उठ्यो ठुलो कुरा होईन ,दुख पाउनेको हातमा पुग्यो भने त्यो ठुलो कुरा हो त्यसैले हामी सचेत हुनु पर्छ । म कामना गर्छु दुख पाउनेको हातमा परोस्,हामीले चाहे जस्तै होस् ।
यस्तै आफ्नो स्थापना कालमा नै नेवारी समाज (पासा पुच) स्पेनले सामाजिक कार्यको सफल शुरुवात गरेको छ । समाजको रकम संकलनको लागि गठित समितिका संयोजक मोहन बाबु नेम्कुलले उठेको रकम एनआरएन प्रतिनिधिलाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि नेवारी समाज सामाजिक कार्यमा नै सक्रिय रहने बताएका छन् ।

साथै अभियानमा एनआरएनए स्पेनका पदाधिकारी निरज कुमार पोखरेल,अर्जुन आचार्य ,सन्दिप मोहन भट्टराई, कृष्णहरी कडेल,हेमन्त रानाभाट, सन्तोष श्रेष्ठ , शितल भुर्तेल भुसाल,लक्षमण शर्मा लगायत स्पेनमा रहेका सबै संघ सस्था ,संगठन लगायत स्थानिय मिडियाहले सहयोग गरेका थिए ।
स्थानिय मिडियामा स्पेन खबर डटकमका प्रधान सम्पादक दिपक क्षेत्री ,नेपाली वेभका युरोप समाचार प्रमुख भोला लामिछाने , नेपालीनेपाली डटकम र रेडियो स्पेननेपालले सहयोग गर्नेको नामबली अपडेड गर्नुका साथै रकम जुटाउने अभियानमा बिशेष सहयोग गरेका थिए ।
एन आर एन ए स्पेनले पहिरो र बाढी पिडितको सहयोगको लागी नेपाली चलचित्र ६ एकान ६ प्रदर्शनी गरेर पनि १ सय ५० युरो सहयोग जुटाउन सफल भएको थियो ।

राहत संकलन कार्यमा सहयोग गर्ने सहयोगीको नामावली र सहयोग रकम यसप्रकार छ । नोट :- बढी रकम दिने आधारमा नामको क्रम मिलाइएको छ ।
६ एकान ६ फिल्मबाट बचत रकम – १५० युरो
तारानाथ डल्लाकोटी – १११ युरो
पुष्प राज तिमिल्सिना -५५ युरो
केदार प्रसाद निरौला -५५ युरो
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
शितल भुर्तेल/जीबन भुसाल -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो
देबी प्रसाद सुबेदी -५१ युरो
रमेश प्रसाद निरौला – ५० युरो
अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
खेम राज कर्मी -३० युरो
प्रकाश भट्टराई -२५ युरो
राम प्रसाद मैनाली – २५ युरो
दिनेश गुरुङ (देउकाजी ) -२० युरो
बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
रामकृष्ण पुडासैनी – २० युरो
बिनोद तामाङ् लामा – २० युरो
राजेन्द्र कडेल – २० युरो
राजु गुरुङ्ग -२० युरो
रबी राज तिम्सिना -२० युरो
बालकृष्ण कडेल – १५ युरो
दिनेश गिरी – ११ युरो
शुरेश भण्डारी -११ युरो
किशोर कुमार बुढाथोकी -११ युरो
बिकास तिमिल्सीना -१० युरो
पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो
सिता श्रेष्ठ- १० युरो
पशुपती कडेल -१० युरो
कमल सापकोटा -१० युरो
इन्द्र शर्मा -१० युरो
कमल अधिकारी -१० युरो
हेम प्रसाद पाण्डे – १० युरो
दिनेश राज रेग्मी – १० युरो
केशब नारायण शाही -१० युरो
श्रीराम चन्द्र भट्ट -१० युरो
बल बहादुर कार्की -१० युरो
कृष्ण राज पाठक -१० युरो
पुजन सिग्देल -६ युरो
नेवारी समाज (पासा पुच) स्पेनले संकलन गरको रकम

मान कृष्ण शाही -६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
संजु मास्के श्रेष्ठ -३५ युरो
कृष्ण कुमार श्रेष्ठ – ३० युरो
निलु अवाले श्रेष्ठ – ३० युरो
देबेन्द्र श्रेष्ठ – ३० युरो
सन्तोषी श्रेष्ठ – २५ युरो
मोहन बाबु नेम्कुल -२५ युरो
सुन्दर ट्वती – २५ युरो
अनिता श्रेष्ठ – २५ युरो
सागर पुरी – २० युरो
बिनिल श्रेष्ठ – २० युरो
सुरज श्रेष्ठ – १० युरो
संदेश महर्जन – १० युरो
एलियाना कस्तीयानो – १० युरो
निम्कुबर – १० युरो
राजिब कटुवाल – १० युरो
मधुसुधन उपाध्याय – १० युरो
पवन महर्जन – १० युरो
प्रमेश श्रेष्ठ – १० युरो
मुकेश महर्जन – १० युरो
नबिन महर्जन – १० युरो
अमिन मानन्धर – १० युरो
यासुनारी – १० युरो
बिदुर बस्नेत – ६ युरो
फेर्नाँदो – ५ युरो
इश्वर अमात्य- ५ युरो
बिकाश मानन्धर- ५ युरो
मोनिका महर्जन- ५ युरो
महन्त महर्जन- ५ युरो
खोरखे – ५ युरो
खोराखे ज्याकी – ५ युरो
रबि कुमार थापा – ५ युरो
ख्वान कार्लोस – ४,७५ युरो
हुस्रन – २ युरो

नोट :- तमु समाज स्पेनबाट सहयोग गर्नेको नामावली यो समाचार तयार गर्दा सम्म नेपाली नेपाली डटकम लाई पाप्त भएको छैन ।