रेडियो स्पेननेपालले दिदिबहिनीहरुसँग तिज बिशेष अन्तरक्रिया गर्ने


बार्सिलोना-
स्पेनको बार्सिलोनाबाट सञ्चालित “रेडियो स्पेन नेपाल” अनलाइन रेडियोले हरितालिका तिजको अबसरमा महिला दिदी बहिनीहरुसँग  अन्तरक्रिया गर्ने भएको छ ।  बिदेशमा “तीजलाई सभ्य र भब्य रुपमा मानाऔ ,भित्रिएका बिकृति र बिसङ्गतिलाई हटाऊ ” भन्दै रेडियोले अन्तरक्रिया गर्न लागेको हो ।
देशमा मात्र हैन अहिले बिदेशमा पनि तिज आउन महिनौ अगाडिबाट दर खाने , होटलमा गएर दरको नाम खर्चिलो गर्ने र तिजकै लागी भनेर महंगा गर-गहना र लत्ता कपडा खरिद गर्ने फेसन नै चली रहेको बेला तिजलाई सामन्य रुपमा मनाउनु पर्छ भन्दै रेडियोले अन्तरक्रिया गर्न लागेको हो ।
रेडियो संचालक समिति सदस्य हेमन्त रानाभाटले भने ” हामी दिदि -बहिनीसँग बसेर नै छलफल गर्छौ ,तिजमा के कति कम गरियो भने अलि तडक-भडक हुदैन । तिज मनाउनु पर्छ त्यसमा दुईमत छैन तर आशय यत्ति होकी हुनेले पनि, नहुनेले पनि तिज मनाउन सकोस् ।
अर्का सदस्य सन्तोष श्रेष्ठले बार्सिलोनामा सक्रिय महिलाहरुसँग छलफल गरि त्यसको सम्पूर्ण गतिबिधि रेडियोमा लाईभ गरिने बताए । तिज नजिकै आइसकेकोले अगस्ट २१ तारिक बिहिबार स्पेनको समय अनुसार साँझ ५ बजेबाट हामी कार्यक्रम शुरु गर्छौ सुनेर साथ दिनु होला श्रेष्ठले भने ।

IMG_0044
छोटो समयमा नै लोकप्रिय बनेको रेडियोलाई अझै सुनिदिन आग्रह गर्दै  सदस्य सुनिल रानाभाटले आउदा दिनमा यस्तै चेतना र सुचना मुलक कार्यक्रम लिएर आउने प्रतिबद्दता व्यक्त गरेका छन् । रेडियोका सदस्य तथा नेपाली वेभका युरोप समाचार प्रमुख भोला लामिछानेको सहयोगमा रेडियोकर्मी बसन्त रानाभाटले अन्तरक्रिया बहस चलाउने भएका छन् ।
बिगत ४ महिना अघि देखि संचालनमा आएको रेडियो अहिले सम्म ७० भन्दा बढी मुलुकमा सुनिएको छ । नेपालीनेपाली डटकम खोल्ने बित्तिकै रेडियो सुनिने हुदा सुन्ने श्रोता १० गुणा बढेको रेडियो टिमले जनाएको छ ।