नेदरल्याण्डस्मा पनि हरीतालिका तिज मनाइदै


आमस्ट्राडाम-

नेदरल्याण्डस्मा आगामी २७ अगष्ट का दिन नेपाली महिलाहरुको पर्व हरितालिका मनाइने भएको छ । नेपाल म्युजिक फाउन्डेनसनको नेतृत्वमा, नेपाल विकास प्रतिष्ठान, गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्, नेपाल समाज नेदरल्याण्डस् र नेपाली जनसंपर्क समिति लगायत नेदरल्याण्डस्का नेपाली संघसंस्था समुदायको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।
नेपाली संघसंस्था विचको सहकार्यलाई मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीहरु विचको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न, नेदरल्याण्डस्मा रहेका दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपाली संस्कृतिको पहिचान दिन र नेदरल्याण्डस्को नेपाली समुदायमा नेपालको प्रवद्र्धन गर्न गराउनको लागि यस्ता कार्यक्रम गरिदै आएको कार्यक्रम आयोजकले बताए ।
तिज कार्यक्रममका प्रमुख आयोजक नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डका अध्यक्ष तथा कलाकर्मी वर्षा खड्काले नेदरल्याण्डस्का सम्पुर्ण महिला दिदी बहिनीहरु लगायत इच्छुक नेपाली समुदाय तथा संघसंस्थालाई उपस्थित हुन र आवश्यक सहयोग गर्नको लागि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा तिजको दर खाने, नेपाल म्युजिक फाउन्डेनलार्इ अन्तराष्टियकरण गर्नका लागि यस्का लक्ष्य तथा उद्धेश्यका बारेमा परिचय गराउने र तिज गितहरुको प्रस्तुत गर्ने रहने छ । कार्यक्रमको अन्त्यमा डिजे हिमालसंगको साँस्कृतिक कार्यक्रम गरिने छ । कार्यक्रममा आफ्ना साहित्यिक तथा साँगितिक प्रस्तुति गर्न पाइने छ तर आयोजकका अनुसार २५ अगष्टमा नै आयोजकहरुलाई जानकारी गराउनु पर्ने बताइएको छ ।

थप जानकारी
मिति :- २७ अगष्ट २०१४
स्थान :- आमस्ट्राडामको Rhoneweg 12-14 को Rhone Party center
समय :- दिउसो १ बजे देखी बेलुकी ११ बजेसम्म
प्रवेश शुल्क:- पुरुष युरो १० र महिला ५ युरो र १२ वर्ष भन्दा तलका बालबालिकाहरुलाई भने निशुल्क हुनेछ ।