स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने सरकारकाे घोषणा


पोखरा – सरकारले खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् ।

सागको १३ औं संस्करणको आयोजक राष्ट्र नेपालले नेपाल अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जितेर प्रतियोगितामा दोस्रो भएको छ ।नेपालले ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदक हात पारेको छ ।