पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने


पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल को उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने भएको छन् ।

बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल शनिबार साढे ११ बजे उद्घाटन खेल हुनेछ । उद्घाटनसहित ९ दिन लिनको एक खेल हुनेछ भने ४ दिन दिनको ४ खेल हुने तालिका रहेको छ ।

खेल बिहान ११ बजे सुरु हुनेछ भने दुई खेल हुने दिन बिहान ९ बजेसुरु हुने दोस्रो खेल पौने १२ बजे सुरु हुने तालिका रहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिम रहेका छन् । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंंगशालास्थित क्रिकेट मेदानमा हुनेछ ।

लिग सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।

दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।पोखरा पल्टन, विराटनगर टाइटन्स, एक्सपर्ट धनगढी ब्लुज, बुटबल ब्लास्टर्स, चितवन राइनोज रहेका छन् । अघिल्लो संस्करण घरेलु टोली पोखरा पल्टनले उपाधि हात पारेको थियो