गुण्डा खोज्न प्रहरीको सक्रियता बढ्यो ,गुण्डा नाइके दावा लामा प्रक्राउ


काठमाडौँ, भदौ २
गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरी सँगमा मुटभेडमा मारिएको प्रहरीले दाबी गरिरहेको बेला फेरी अर्का नाईके दावा लामालाई प्रहरीले काठमाडौंको बाैद्धबाट पक्राउ गरेको छ । सोमबार साँझ बाैद्धबाट महानगरीय अपराध अनुसन्धान महाशाखा र परिसर हनुमान ढोकाको संयुक्त टोलीले लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चरी घटना पछि प्रहरीले आफ्नो सक्रियता बढाएको र गुण्डा हरु पनि त्रसित भईरहेका खबर बाहिर आउदै गर्दा लामा पनि प्रक्राउ परेका हुन्।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले काभ्रेली समूहका गुण्डा नाइके लामा पक्राउ परेको पुष्टि गर्दै भने ‘दावा लामा पक्राउ परेका हुन्, उनको साथबाट लागू औषध पनि बरामद भएको छ ।
लामाले केही महिनाअघि ललितपुरका व्यापारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए । गुण्डागर्दी गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता खोजी गरिरहेको थियो ।