न त मैले जितेको हो न तिमीले हारेको हो – नबराज नवोदित


नबराज नवोदित,अबुदाबी, यु.ए.ई.

न त मैले जितेको हो न तिमीले हारेको हो ।
केवल यहाँ समयले बाटो अलग पारेको हो ।

हरेक प्रहर सम्झनामा कल्पनामा तिमी हुन्छौ
यो नसोच्नु कैल्यैपनि मलाई माया मारेको हो ।

जहाँ थिएँ त्यही नै छु जस्तो थिएँ त्यस्तै नै छु
फेरि किन भन्छौ प्रिय डेरा अन्तै सारेको हो ।

म रोएको देखेपछी आकाशको जून् संगै रुन्छ
बिहानीको शीत हेरत उस्ले आँसु झारेको हो ।