इबोला भाइरसको संक्रमण दिल्लीमा भेटियो ,नेपालमा उच्च सतर्कताको जरुरत


नयाँ दिल्ली, भाद्र २ – नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परे लगत्तै नेपालमा उच्च निगरानीको जरुरत देखिएको छ ।
नाइजेरिया बाट दिल्ली आएका एक यात्रुको रगत परिक्षण गर्दा पोजेटिभ देखिए पछि नेपालले पनि त्रिभुबन अन्र्तराष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपाउनु पर्ने भएको हो ।
नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ ।

नाइजेरियाली यात्रुलाई इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।

सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।

भारत सरकारले इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरिएको छ ।

पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।