न्यूनतम पारिश्रमिक माग गर्दै ‘कान्तिपुर’ दैनिकमा कर्मचारीको धर्ना


काठमाडौँ १ भदौ,

‘कान्तिपुर’ दैनिकमा कार्यरत कर्मचारीले न्यूनतम पारिश्रमिक तलब रु १० हजार ८ लागू गर्नुपर्ने माग गर्दै पत्रिका कार्यालयमा आज धर्ना दिएका छन् ।

कर्मचारीले अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घको नेतृत्वमा आज अपराह्न दुई घन्टा कार्यालयको ढोका नजिकै धर्ना दिएका दिएका हुन् ।
सङ्घका संयोजक जन्मदेव जैसीले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । कर्मचारीले विभिन्न माग राखेर आजसम्म ७२ घन्टे चेतावनी दिएका थिए । रासस