लोलुफेरा पदयात्रा पोखराबाट सुरु पदयात्रा पर्यटन विकासमा कोषे ढुङ्गा हुने राष्ट्रपतिको विश्वास


माधव बराल
पोखरा, भदौ २
लोमाङथान—लुम्बिनी, फेवाताल—रातराताल ( लोलुफेरा )पदयात्राया आजदेखि सुरु भएको छ ।पोखराको लेकसाइडस्थित रत्न मन्दिरमा आयोजित एक कार्यक्रममा बीच राष्ट्रपति डाक्टर रामवरण यादयले बेलुन उडाएर पदयात्राको शुम्भारम्भ गर्नु भएको हो ।पदयात्राको शुभारम्भ गरेपछि राष्ट्रपति यादवले यो पदयात्रा पर्यटन विकासमा कोषे ढुङ्गा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हिमालदेखि तराईसम्मको यो पदयात्राले सम्पूणर््ा नेपालीलाई एकतावद्ध बनाउन पनि सहयोगि हुनेछ ।

नयाँ पर्यटकीय गन्तव्यले स्तरीय पर्टन नेपाल भित्र्याउन र पर्यटकको बसाई लम्ब्याउन पनि महत्वपूर्ण भुमिका खेल्ने भनाई राष्ट्रपतिको छ । यो पदयात्रा सफल भएमा ग्रामीण जनताको जीवन निर्वाहको आधार बन्ने पनि राष्ट्रिपति यादवले बताउनुभयो ।
“नेपाललाई प्रकिृतले राम्रैसँग सिंगारेको छ,”उहाँले भन्नुभयो,“अव व्यवसायीक सृजनाले थप अवसरको खोजी गर्न जरुरी भएको छ ।” राष्ट्रपतिले पर्यटकीय सम्पदालाइ जोगाई राख्ने र त्यसको प्रवद्र्धन गर्ने जिम्मेवारी हामी सबैको भएको बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका पुर्व सदस्य गणेशबहादुर भट्टराईले पोखरामा पर्यटनका पूर्वाधारमा निर्माणमा जोड दिँदै तत्काल क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्लको काम थाल्र्नुपर्ने बताउनुभयो । उहाँले पोखरालाइ भारत, सिंगापुर, थाइल्याण्डसँग सिधा हवाई मार्गले जोड्न सके मात्र पर्यटन विकासले फड्को मार्ने बताउनुभयो । उहाँले पोखराको रत्न मन्दिरलाइ रोयल संग्राहालय वा जैविक विविधता पार्कको रुपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले यो पदयात्राले मुस्ताङदेखि कर्णालीको डोल्पाको विकासमा टेवा पु¥याउने बताउनुभयो ।

पदयात्राका अभियन्ता कृष्ण केसीयले पर्यटन र यस क्षेत्रको विकास तथा पुर्वाधार निर्माणको लागि पदयात्राले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आर्थिक क्रान्तिको आन्दोलन अव पोखराबाट सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रबद्र्धन गरि बढि भित्र्याउने उद्देश्य र यस क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन पदयात्राको पहिचन, अध्ययन र अनुसन्धान थालिएको बताउयनुभयो ।
कार्यक्रममा संयोजक तथा पोखरा पर्यटनल परिष्दका अध्यक्ष सुर्यबहादुर भुजेलको अध्यक्षतमा भएको कार्यक्रममा क्रिकेटका राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रविधि विज्ञ महाविर पुनलाई सम्मान गरीएको थियो । कार्यक्रममा राष्ट्रिय क्रिकेटर पारस खड्का भने सहभागि भएनन । पूनलाई राष्ट्रिपति सम्मान गर्नुभएको हो ।सम्मानित व्यक्तित्व पूनले यूवाहरुलाई विदेशीक्रम नरोकेसम्म देशका विकास हुन नसक्ने बताउनुभयो ।कार्यक्रममा विभिन्न साँस्कृतिक झाकीहरु प्रर्दशन गरिएको थियो भने गायक तथा संगीतकार विवी अनुरागी र गायक ऋषि अधिकारीले लोलुफेरा सम्वन्धि गीत प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यक्रमको संचालन पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले गर्नुभएको थियो ।
फेवातालदेखि बागलुङको ढोरपाटनहुदै रारातालसम्म र लुम्बिनीदेखि मुस्ताङको लोमान्थाङ सम्मलाइ यात्रामा समेटिएको छ ।अभियन्ता कृष्ण के.सीको नेतृत्वमा ४० जनाको टोलि पदयात्रामा निस्किसकेको छ ।आज टोली कास्कीको पुम्दीभुम्दीको स्तुपामा बास बस्नेछ ।भोली पुम्दीभुम्दीहुँदै पञ्चासे, पर्वत, बागलुङ ढोरपाटन देखि मुगुको रारा ताल पुग्ने छ । लोलुफेरा विकास मञ्च नेपालको नेतृत्वमा हुने पदमार्गमा पर्यटन व्यवसायी, सरकारी, गैरसकारी तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । पदयात्रा असोज २५ गते मात्र टुङ्गिनेछ ।