नेपालको सविधान प्रक्रिया विश्वले हेरेको छ राष्ट्रपति- डा.रामबरण यादव


सागर राज तिमिल्सिना
पोखरा,  भाद्र १-

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउँदै पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लागि लोलुफेरा पदमार्गमा आज देखि यात्रा सुरु भएको छ । कार्यक्रमको फेवाताल किनार रत्नमन्दिरमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा.रामबरण यादवले उद्घाटन गरे । समग्र विकास, स्थायी शान्ति र समृद्धिका लागि लोमाङथाङ—लुम्बिनी, फेवाताल-राराताल (लोलुफेरा) पर्यटनमार्ग समग्र पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बासिन्दाको विश्वास छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले पर्यटन विकासमा यस्तो कार्यले कोशेढुंगा सावित हुने बताए ।

lolufera-rastapati-pokhara-rambarn-3

उनले उत्साही युवाले ल्याएको यो अभियानको सफलताको कामना गरे । यसले सुखद परिणाम ल्याउनेमा आशावादी हुँदै नयाँ(नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्नेमा जोड दिए । उनले संसारले नेपालमा निर्माण हुन लागेको संविधान प्रतीक्षा गरिरहेको हुनाले हामी सबैको नजर संविधान बनाउनु पर्ने बताए । उनले भने, राष्ट्रिय एकता हाम्रो अपरिहार्य हो । पहाड हिमाड तराई सबैमा राष्ट्रियताको भावले देशको मुटु छुनु पर्दछ ।

lolufera-rastapati-pokhara-rambarn-2

उनले नेपाली जनताले पाएको ऐतिहासिक परिवर्तन र उपलब्धीलाई आत्मसात गर्दै लैजान सकेमा मात्र संविधान बन्ने र लोकतन्त्रको पनि संस्थागत विकास हुनेछ भन्ने कुरामा जोड दिए । अहिलेको सार्वभौम सम्पन्न संसदले नै मुलुकको मुहार फेर्नेमा राष्टपति यादव ढुक्क रहेका थिए । लोलुफेरा पदयात्राका परिकल्पनाकार कृष्ण के.सी.ले आर्थिक क्रान्तिको नेतृत्व पर्यटनमार्फत पोखराले गर्नुपर्ने बताए ।

उनले वाद र विचारधाराको बहस गर्ने बेला हैन, नेपाली जनताले अब विकास खोजेको बताउँदै मुलुकको आर्थिक समृद्धिका लागि हरेकले आआफ्नो स्थानबाट अभियान सुरु गर्ने बेला आएको बताए । उनले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न तथा स्थानीय जनताको जीवनस्तर उकास्न पनि लोलुफेरा पदयात्राले टेवा पुग्ने विश्वास लिए । फेवातालदेखि बागलुङको ढोरपाटन हुँुदै रारातालसम्म र लुम्बिनीदेखि मुस्ताङको लोमान्थाङसम्म पदयात्रा हुने आयोजक लोलुफेरा विकास मञ्च नेपालले जनाएको छ ।

lolufera-rastapati-pokhara-rambarn-1

फेवातालबाट पुम्दिभुम्दी हुदै पञ्चासे, पर्वत, बागलुङ हुदै ढोरपाटन देखि मुगुको रारा ताल पुग्ने छ । लोलुफेरा विकास मञ्च नेपालको नेतृत्वमा हुने पदमार्गमा पर्यटन व्यवसायी, सरकारी, गैरसकारी तथा उद्योगी व्यवसायीले सघाएका छन् । पदयात्रामा ३५ जनाभन्दा बढि सहभागि छन् । टोलीमा पर्यटन, सञ्चार, विकास निर्माण लगायतका अन्य विज्ञहरुको पनि सहभागिता रहनेछ । नयाँ पर्यटकीय स्थानहरुको पहिचान गरेर पर्यटनका लागि विकास गर्न मद्दत गर्ने र अन्य पूर्वाधारहरु निर्माण गर्ने तथा पैदल मार्ग बनाउने उद्देश्य रहेको छ । कास्की, पर्वत, बागलुङका विभिन्न गाउँमा होमस्टे विकास गर्ने लगायतको कार्ययोजना समेत रहेको छ ।

तस्बिर :- सागर राज तिमिल्सिना