फिस्टेल लजको नाफा जति सबै मृटुरोगीलाई


केशवशरण लामिछाने
पोखरा, १ भाद्र –

पोखरा एउटा व्यावसायिक कम्पनीले नाफाको कति प्रतिशत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत समाजसेवामा लगाउँछ सोच्नुहोला– आधा, एक, साढे एक वा दुई प्रतिशत। प्राय कम्पनीले सामाजिक उत्तरदायित्वमा खर्चने रकम यो भन्दा पनि कम आजको नागरीक दैनिकमा खबर छ । होइन, पोखराको एउटा होटल भने शतप्रतिशत नाफा समाजको हितमा लगाउँछ, त्यो पनि मृत्युको मुखमा पुगिसकेका मानिसलाई जीवनमा फर्काउन।
पोखराको जेठो होटल फिस्टेल लजले १० वर्षदेखि आफ्नो सबै आम्दानी मुटु रोगीको उपचारमा खर्च गरिरहेको छ। ‘हाम्रो नाफाजति मुटुरोगीको सेवामा जान्छ,ु होटलका म्यानेजर प्रदीप राणाले भने। होटलले सीधै मुटुरोगीलाई पैसा बाँड्दैन। पहिला नाफाको पोकोजति जयन्ती मेमोरियल कोषमा जम्मा हुन्छ। अनि त्यही कोषले गर्छ बिरामीका लागि खर्च। कोषबाट पनि बिरामीले हातैमा पैसा पाउँदैनन्। कोषले काठमाडौं बाँसबारीस्थित गंगालाल हृदय केन्द्र र शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरेसिक केन्द्रमार्फत मुटुरोगीको उपचारमा सघाउँछ।

‘बिरामीले कोषमा सीधै निवेदन गरे पनि सहयोग नपाउन सक्छन्,ु कोषका सदस्यसमेत रहेका मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला भन्छन्, ‘डाक्टरले सिफारिस गरेपछि मात्रै सहयोग मिल्छ।ु बिरामीको शल्यक्रिया, औषधी वा कुरुवाका लागि आवश्यकताअनुसार सहयोग गर्दै आएको कोषकी म्यानेजर आज्ञा खाँणले जानकारी दिइन्। ‘अस्पतालमै सामाजिक सेवा एकाइ छ। त्यहीँबाट सहयोग दिन्छौं,ु उनले भनिन्, ‘मुटुरोगीलाई सरकारले पनि सहयोग गर्छ। त्यसबाट पनि पुगेन भनेपछि हामी सघाउँछौं।ु कोषले वर्षेनी स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। ती शिविरमा भेटिएका गरिब तथा असहाय मुटुरोगीलाई भने उपचारका लागि सीधै अस्पताल पुर्यावएर उपचारको खर्च बेहोर्ने गरेको खाँणले जनाइन्।

पोखरानजिकैको गाउँका १३ वर्षीय सन्तोष विक त्यस्तैमध्येका एक थिए, जो कोषले कास्कीमा आयोजना गरेको मुटु जाँच शिविरमा आएका थिए। बाबुआमाविहीन भएपछि हजुरबाआमाको संरक्षणमा हुर्किरहेका उनको मुटुमा परेको प्वाल टाल्ने अप्रेसनदेखिका विविध खर्च कोषले बेहोरेको थियो। उनका लागि ३ लाख जति खर्च भएको थियो। वर्षेनी नाफा कोषलाई बुझाउने फिस्टेलले पोहोर मात्रै ८० लाख रुपैयाँ दिन सफल भएको थियो। अहिलेसम्म ३ हजार मुटुरोगीलाई सहयोग गरिसकेको छ जसमध्ये ६ सय ८२ जना बालबालिका छन्।

फिस्टेल होटलको लिगेसी तत्कालीन राजपरिवारसँग जोडिएर आउँछ। यसले अहिले मुटुरोगीलाई सेवा गर्नुका पछाडि पनि त्यही सम्बन्ध छ। राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा यहाँको प्राकृतिक छटाबाट मोहित भएर आफ्नी रानी रत्नको नाममा २०१४ सालमा दरबारै निर्माण गरेका थिए। त्यसको १०र१२ वर्षपछि उनका भाइ बसुन्धरा शाहले फिस्टेल लज बनाए। फेवातालपारिको जंगलफेदीमा बनेको रिसोर्ट शैलीको फिस्टेल लज अहिले पनि पोखरा आउने भिआइपीको बासस्थान बन्छ।

बसुन्धरा शाहको शेषपछि उनकी पत्नी हेलेनको स्वामित्वमा आएको होटल उनले आफ्नी छोरी जयन्तीलाई बकस दिएकी थिइन्। तर, २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारसहित जयन्ती शाह पनि मारिएकी थिइन्। त्यसलगत्तै हेलेनले छोरी जयन्ती मेमोरियल ट्रस्ट स्थापना गरेर होटलको नाफा मुटुरोगीको उपचार र सेवामा लगाउन सुरु गरेकी हुन्।

बसुन्धरा शाह, उनका दाजु राजा महेन्द्र र पिता राजा त्रिभुवनको मृत्युको एउटै कारण थियो– हृदयघात। बसुन्धराकी पत्नी हेलेनको पनि हृदयघाटबाट मृत्यु भएको थियो। सन् २००५ देखि फिस्टेलको व्यवस्थापन काठमाडौं दरबारमार्गको होटल अन्नपूर्णले गर्दै आएको छ। ‘होटलको सञ्चालन खर्च कटाएर बचेको सबै नाफा ट्रस्टमा जान्छ,ु फिस्टेलका म्यानेजर राणाले भने।

कर तिर्नेमा पनि पर्यटकीय ‘राजधानीु पोखराकै अग्रणी छ फिस्टेल। लेकसाइडमा अन्य होटल तथा रेस्टुरेन्टको कर सहभागिताले आन्तरिक राजस्व कार्यालय पोखराका अधिकारीलाई अचम्ममा पार्छ। अर्बौं लगानी गरेको बारम्बार भनिरहने व्यवसायीले तिर्ने कर अपेक्षाकृत हुँदैन। ‘जोगीलाई भिक्षा दिएजस्तो गर्छन् कर तिर्दा,ु कर अधिकारी भन्छन्। गत वर्ष सेवा क्षेत्रबाट उठेको १२ करोड रुपैयाँ करमा एक दर्जनजति होटलको मात्रै उल्लेख्य योगदान छ। तर यहाँ लगभग ३ सय होटल र ७२ पर्यटकीय रेस्टुरेन्ट छन्।