जडिबुटी दिवसको अवसरमा सेती किनारमा वृक्षरोपण


पोखरा । विश्व जडिबुटी दिवस तथा आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सवको अवसरमा पतन्जली योग समिति कास्कीले वृक्षरोपण तथा हवन यज्ञ गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछाने योगको माध्यमबाट वडावासी निरोगी हुन सकुन भन्ने अभिप्रायले वडाले योग केन्द्रहरु वनाउन विभिन्न सहयोग गर्दै आएको वताए ।

कार्यक्रमका विशेष अतिथि लोकदर्शन कोइरालाले पोखरा ९ को शान्तिघाट, सेतीको किनार जोखिम युक्त भएकोले जडिबुटि जन्य रुखका विरुवाले पहिरो रोकथाम र वातावरणलाई राम्रो हुने वताए ।

योग गरौं, रहौं निरोग भन्ने मुल मन्त्रले अभिप्रेरित भई पोखराका करिब २५ भन्दा वढि योग केन्द्रबाट सहभागिता रहेको समितिका महामन्त्री प्रकाश बास्तोलाले वताए ।

सो अवसरमा बर, पिपल पुत्रन्जी, राजबृक्ष, तेजपत्ता, पारिजात, कपुर लगायत फलफुलका वेर्ना सारिएको थियो । वृक्ष रोपणको साथै आचार्य वालकृष्णको जन्मोत्सव अवसरमा उहाँको दिर्घायु र निरोगिताको कामना गर्दै हवन पनि गरिएको थियो । हवनको पुजा गण्डकी प्रदेश योग समितिका मन्त्री विश्वमणि तिवारीले गरेका थिए ।

समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महामन्त्री प्रकाश बास्तोलाले गरेका थिए ।